राधी विद्युत् कम्पनीको ७ लाख ६४ हजार कित्ता आईपिओ खुल्यो



राधी विद्युत कम्पनी लिमिटेडले ७ लाख ६४ हजार पाँच सय ५० कित्ता साधारण सेयर (आईपिओ)को निष्काशन खुला गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यको आईपिओ छिटोमा पुस ६ र ढिलोमा पुस १७ गते बन्द हुनेछ ।

कम्पनीले सात करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको आइपीओको बिक्री खुला गरेको हो । जसमा, लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँदेखि अधिकतम ३,८०० कित्ता अर्थात तीन लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । सर्वसाधारणका लागि सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

११ महिनामा वीरगञ्ज नाकाबाट मात्रै भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

    चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४

दैलेखको पेट्रोलियम अन्वेषण सफलता, प्रधानमन्त्री ओली खुसी

    प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षअघि आफू पहिलो पटक प्रधानमन्त्री भएका