राधी विद्युत् कम्पनीको ७ लाख ६४ हजार कित्ता आईपिओ खुल्यो



हाम्रो इकोनोमि

राधी विद्युत कम्पनी लिमिटेडले ७ लाख ६४ हजार पाँच सय ५० कित्ता साधारण सेयर (आईपिओ)को निष्काशन खुला गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यको आईपिओ छिटोमा पुस ६ र ढिलोमा पुस १७ गते बन्द हुनेछ ।

कम्पनीले सात करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको आइपीओको बिक्री खुला गरेको हो । जसमा, लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँदेखि अधिकतम ३,८०० कित्ता अर्थात तीन लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । सर्वसाधारणका लागि सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
ग्यास अनावश्यक स्टक नगर्न निगमको अनुरोध

     नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।...

भारतमा बजेट भाषण, १२ अर्बभन्दा बढी नेपाललाई अनुदान

    नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया...