बाम गठबन्धनले मन्त्रालय भागबन्डा लगायो,एमालेको भागमा १५ मन्त्री,योगेश भट्टराई देखी जीवनराम सम्मका यी हुन् मन्त्री बन्ने नाम



हाम्रो इकोनोमि

प्रतिनिधि सभामा कम्युनिष्ट गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियता सुरु भएको छ ।

नेकपा माओवादी केन्द्रसहितको कम्युनिष्ट गठबन्धनले सफलता पाएसंगै सरकारका लागि मन्त्रालयमा उत्तिकै सक्रियता छाएको हो ।

प्रधानमन्त्रीमा केपी ओली करिव निश्चित भए पनि उनले कसकसलाई मन्त्रालयको जिम्मा देलान् त भन्ने चासो पनि बढेको छ ।

संविधान अनुसार नयाँ बन्ने केन्द्रीय सरकारमा मन्त्री परिषद जम्मा २५ जनाको हुनेछ ।

माओवादीसहितको सहभागितामा सरकारले पुर्णता पाउने र एमालेको भागमा १५ जना पर्ने भएपछि त्यसै अनुसार लिष्ट बनिरहेको स्रोतले जनाएको छ ।

ओलीले यसअघिनै आउँदो सरकारमा क्षमतावान र अनुभवीलाई प्राथमिकता दिने बताइसके पनि लिष्ट भने धेरै जनाको बनेको बताइन्छ ।

उपाध्यक्ष बामदेव गौतमबाहेक आकांक्षी र केन्द्रीय पदाधिकारीहरु सबैले चुनाव जितेकाले पनि लहरो तान्दा पहरो थर्कने सम्भावना बढेको छ ।

एक स्रोतका अनुसार योगेश भट्टराई, घनश्याम भुसाल, लालबावु पण्डित, रविन्द्र अधिकारी, रघुवीर महासेठ, छविलाल विश्कर्मा, पद्मा अर्याल, रामवीर मानन्धर लगायतको नाम अग्रपंतिमा समेटिएको बुझिएको छ ।त्यस्तै शेर बहादुर तामांग पनि मन्त्री बन्नेको सुचीमा छन्।

अर्को स्रोत भने विष्णु पौडेलदेखि प्रदीप ज्ञवालीसम्मको नाम रहेको बताउँछ ।

त्यसैगरी ओलीका खास महेश बस्नेतले कुनै पनि हालतमा मन्त्रालय पाउने स्रोत बताउँछ ।

योगेश भट्टरार्इ मिडिया फ्रेन्डली भएकाले सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिन सकिने अवस्था रहेको स्रोत बताउँछ ।

त्यसैगरी ओलीले खेलकुदलाई विशेष महत्व दिने भएकाले यो मन्त्रालय पनि आफूसंगै राख्ने स्रोत बताउँछ ।

खेलकुद क्षेत्रका अनुभवी जीवनराम श्रेष्ठ भएकाले उनले यो मन्त्रालय सम्हाल्ने सम्भावना छ ।

श्रेष्ठ भने पायो भने सक्षमपूर्वक मन्त्रालय सम्हाल्ने बताउँछन् । तर उनले आफू अहिले घरदैलोमै व्यस्त रहेको बताउँछन् ।
ओलीका विश्वास पात्रको रुपमा चिनिएका रामवीर मानन्धर पनि सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनेमा उत्साही देखिएका छन् ।

बामदेवले चुनाव हारे पनि आफ्ना केहीलाई मन्त्रिपरिषदमा छिराउन लबिङ गरिरहेको स्रोत बताउँछ ।
बालकोट स्रोत भन्छ ‘माननीयज्यूहरु धाउने क्रम जारी छ, माथिबाट पनि फोन आएका छन् ।’
माथिका फोन भन्नाले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालको भएको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...