बालबालिकाका लागि पोषण अभियान शुरु



हाम्रो इकोनोमि

जिल्लामा करिब ११ हजार कुपोषित बालबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ ।

शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएकाले सो अभियानले यस्ता बच्चालाई सुपोषित बनाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बालपोषण शाखाका अधिकृत गिरेन्द्र झाका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा पिठो वितरण गर्ने अभियान आजदेखि शुरु भएको र यो अभियान जिल्लाभरिमा सञ्चालन हुने छ ।

कुपोषणमुक्त महोत्तरी बनाउनका लागि जिल्लाको हरेक स्थानमा सुनौलो हजारदिनका साथै पोषणसम्बन्धी सचेतनासम्बन्धी जानकारी गृहणीको भान्छा घरसम्ममै पु¥याउने लक्ष्य लिएको अधिकृत झाले बताउनुभयो ।

सो अभियानअन्तर्गत जलेश्वर, बर्दिवास, गौशाला, लोहारपट्टी, पिपरा, एकडारा, बलवा, रामगोपालपुरलगायतका ११ स्थानमा पोषण युनिट स्थापना गरिने छ ।

जिल्लाका हरेक स्थानमा गरी एक हजार ८८८ बच्चामा शीघ्र कुपोषणको समस्या देखिएको छ भने नौ हजार बच्चामा जटिल किसिमको कुपोषण फेला परेको प्रमुख झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...