समानुपातिकमा एमालेलाई कांग्रेसभन्दा एक सिटमात्रै बढी, हेर्नुहोस् पाँच दलले कति-कति सिट पाए ?



हाम्रो इकोनोमि

गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पूरै देशलाई एक निर्वाचन क्षेत्र मानी दलहरुले पाएको कूल सदर मत संख्याको अनुपातमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार मत परिणाम विभाजक सूत्रका आधारमा सिट संख्या बाँडफाँट गरिन्छ।

आयोगको वेबसाइटमा कूल ९५ लाख ४४ हजार ७४४ सदर मत गणना भएको तथ्याङ्क छ। एमाले र कांग्रेसबीच ४५ हजार १०५ मतको अन्तर छ। तर उपलब्ध ११० सिट संख्या विभाजन गर्दा भने दुई दलको अन्तर एक सिटमात्र हुनेछ। निर्वाचनमा सहभागी ४९ दलमध्ये तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने दल पाँच वटा मात्रै भएका छन्- नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम।

एमालेले ४१ सिट पाएको छ भने कांग्रेसले ४० सिट। माओवादीले १७ सिट पाएको छ। मधेसकेन्द्रित दुई दल राजपा र संघीय समाजवादी फोरम दुवैले ६र६ सिट पाएका छन्। प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकको ४१ सिट जोड्दा १२१ सिट पुर्‍याएर सबैभन्दा ठूलो दल बनेको छ। एकल बहुमतका लागि एमालेलाई १७ सिट अपुग छ। कांग्रेस प्रत्यक्षतर्फ २३ सिट मात्र जितेर तेस्रो पार्टी भए पनि समानुपातिकतर्फ जितेको ४० सिट जोडेर दोस्रो दल बन्न सफल भएको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा कांग्रेसको कूल ६३ सिट रहनेछ।

माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ जोडेर कूल संख्या ५३ पुर्‍याएको छ। वाम गठबन्धनको कूल सिट १७४ पुगेको छ जुन दुई तिहाईभन्दा १० सिटले कम हो। मधेसकेन्द्रित दुई दलमध्ये राजपाले प्रत्यक्षमा ११ सिट र समानुपातिकमा ६ सिट गरी कूल १७ सिट पाएको छ। संघीय समाजवादी फोरमले भने प्रत्यक्षमा १० र समानुपातिकमा ६ गरी १६ सिट पाएको छ।

२७५ सदस्यीय प्रतिनिधि सभामा स्वतन्त्र एक (माओवादीका विद्रोही उम्मेदवार), राप्रपा एक, नयाँ शक्ति पार्टी एक, नेमकिपा एक र राष्ट्रिय जनमोर्चाको एक सिट रहेको छ। समानुपातिकमा तीन प्रतिशत मत नल्याएको दलले राष्ट्रिय मान्यता नपाउने हुनाले यी दलका सांसदहरुको हैसियत स्वतन्त्र सरह हुनेछ। निर्वाचन आयोगले आधिकारिक रुपमा सिट बाँडफाँटको औपचारिक घोषणा गर्न भने बाँकी छ। सहायक प्रवक्ता शर्माले केही दिनमा घोषणा गरिने बताए।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...