चल्ला समूहका सातजना चोर पक्राउ



हाम्रो इकोनोमि

महानगरीय अपराध महाशाखाले भारतको विहारबाट नेपालमा आई कवाडी सामान संकलन गर्ने नाममा चोरी गर्ने ‘चल्ला’ समूहलाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले उपत्यकाको विभिन्न स्थानमा दिउँसो मानिस नभएको मौका छोपी चोरी गर्ने दिनेश पोदार, मुकेशकुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, विकास पोदार र राजकुमार अधिकारीलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

उनीहरुले मान्छे नभएको समयमा झ्याल तथा ढोका फोरेर कोठामा भएको नगद, सुन चाँदीका गरगहना, विभिन्न मोबाइल र अन्य इलेक्ट्रोनिक्स सामानसमेत चोरी गरेका थिए । प्रहरीले पक्राउ परेकासँग चार थान मोबाइल, तीन थान घडी र फलामको रड एक थान बरामद गरेको छ । महाशाखाले पक्राउ परेकालाई कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले आइतबार दिउँसो चेकपोस्टमा सवारी जाँचका क्रममा वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ६ ख ६२९१ नंको बसमा रहेका काभ्रेका केशव थापालाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक केशव भट्टले डाइजेल्याब ३० एम्पुल, नुर्फिन ३० एम्पुल, फेनार्गन ३० एम्पुल र १० ग्राम गाँजा बरामद गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...