चल्ला समूहका सातजना चोर पक्राउ



हाम्रो इकोनोमि

महानगरीय अपराध महाशाखाले भारतको विहारबाट नेपालमा आई कवाडी सामान संकलन गर्ने नाममा चोरी गर्ने ‘चल्ला’ समूहलाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले उपत्यकाको विभिन्न स्थानमा दिउँसो मानिस नभएको मौका छोपी चोरी गर्ने दिनेश पोदार, मुकेशकुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, विकास पोदार र राजकुमार अधिकारीलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

उनीहरुले मान्छे नभएको समयमा झ्याल तथा ढोका फोरेर कोठामा भएको नगद, सुन चाँदीका गरगहना, विभिन्न मोबाइल र अन्य इलेक्ट्रोनिक्स सामानसमेत चोरी गरेका थिए । प्रहरीले पक्राउ परेकासँग चार थान मोबाइल, तीन थान घडी र फलामको रड एक थान बरामद गरेको छ । महाशाखाले पक्राउ परेकालाई कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले आइतबार दिउँसो चेकपोस्टमा सवारी जाँचका क्रममा वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ६ ख ६२९१ नंको बसमा रहेका काभ्रेका केशव थापालाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक केशव भट्टले डाइजेल्याब ३० एम्पुल, नुर्फिन ३० एम्पुल, फेनार्गन ३० एम्पुल र १० ग्राम गाँजा बरामद गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...