सिंगापुरलाई ७१ रनले हराउँदै एसीसी यू–१६ क्रिकेटको उपाधि नेपालले जित्यो



हाम्रो इकोनोमि

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार सम्पन्न फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो ।

थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । आपनिङ उत्कृष्ट नभएपनि नेपालका मध्यक्रममा ब्याट्सम्यानहरुको प्रदर्शन सन्तोषजनक रहृयो ।

दोस्रो ओभरमा ओपनर कुशल मल्ल खाता नखोली आउट भएपछि आएका सुवार आयरले २२ रन जोडे । अर्का ओपनर राजन मगर दुर्भाग्यपूर्वक रनआउटको शिकार हुँदा नेपालले ५.३ ओभरमा २१ रनमात्र जोडेको थियो ।

त्यसपछि आएका कप्तान बिशाल केसीले ६३ रनको शानदार पारी खेले । ७९ बल खेलेर उनले ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तृप्तराज दाशले १९ र सुनील भण्डारीले १५ रन नेपालको खातामा जोडे ।

सातौं नम्बरमा ब्याटिङमा आएका नारायण जोशीले विष्फोटक पारी खेल्दै नेपाललाई सम्मानित योगफलमा पुर्‍याए । जोशी २३ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४६ रनमा अविजित रहे । प्रतिश जोशी पनि १० रनमा अविजित रहे ।

१८४ रनको विजयलक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१.५ ओभरमा ११२ रनमै समेटिएपछि नेपालको ७१ रनको शानदार जित सम्भव भयो । सिंगापुरका लागि शाही हर्ष बेनुगोपालले सर्बाधिक ३१ रन बनाए । अर्नभ राधवाले सिंगापुरका लागि २१ रन बनाए ।

सिंगापुरको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सूर्य तामाङ, अजयकुमार लोनियाले समान ३र३ विकेट लिए भने कुशल मल्ल र नारायण जोशीले एक एक विकेट लिए । सिंगापुरका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

प्रतियोगिताको समूह चरणमा थाइल्याण्ड, हङकङ र म्यानमारलाई हराउँदै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले मलेसियालाई हराउँदै फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...