नेपाललाई गरिवीमुक्त राष्ट्र बनाउछु भन्दै ओलीले सुनाए यस्तो कथा



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै गरिवीमुक्त राष्ट्र बनाउने घोषणा गरेका छन् ।

अध्यक्ष ओलीले उत्पादनशील क्षेत्रमा लगानी बढाएर मुलुकबाट छिट्टै गरिवी हटाउने बताएका हुन् ।

बामपन्थी गठबन्धनले स्पष्ट बहुमत ल्याएसँगै सरकारको नेतृत्व लिने तयारीमा रहेका उनले आफ्नै निवास बालकोट पुगेका नेपाल उद्योग परिसंघको नेतृत्वसँग मुलुकबाट गरिवी हटाउन आफूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उच्च प्राथमिकता दिने योजना पनि सुनाए ।

अध्यक्ष ओलीले अहिले विश्वनै उत्पादन बढाएर गरिवी हटाउने अभियानमा लागिरहेको स्मरण गराउँदै नेपालले पनि सोही बाटोबाट अघि बढनुपर्ने बताए । उनले लगानी वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने बाटोमा नेपाल अव अघि बढने पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले निर्यात व्यापार प्रवद्र्धन, रोजगारीको अवसर थप सृजना गर्न र मुलुकबाट गरिवी हटाउन लगानी बढाउन जोड दिने पनि उल्लेख गर्नु भयो । उहाँले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिक गर्न लागि पर्ने पनि दोहोर्याए ।

अध्यक्ष ओलीले अव बन्ने सरकार देश र जनताप्रति उत्तरदायी हुने पनि बताए ।

त्यसमा अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले मुलुकलाई समृद्ध बनाउने अध्यक्ष ओलीको सपना पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...