सिंहदरबारमा उपसचिव पछी चालकको चोरी धन्दा यसरी खुल्यो, शंखमूलको ग्यारेजमा भेटिए चोरिएका टायर



हाम्रो इकोनोमि

सिंहदरबारभित्रको गाडीको टायर कर्मचारीले नै चोरी गरेको खुलेको छ। चोरी भएका टायर बरामद गरी चोरीमा संलग्न सरकारी चालकमाथि प्रहरी अनुसन्धान अघि बढाइएको छ।

शनिबार चोरी भएका चारै वटा टायर प्रहरीले शंखमूलस्थित बाराही टायर सेन्टरबाट बरामद गरेको छ। सिसिटिभीको आधारमा अनुसन्धान गरी चोरी घटना पत्ता लागेको हो।

‘चोरी भएका चारै वटा टायर ग्यारेजमा भेटिसकेका छौं’, सिंहदरबारस्थित सुरक्षा गणका डिएसपी प्रेम जोशीलेभने, ‘चोरी गर्ने व्यक्ति पनि पत्ता लागिसकेको छ, पक्राउ गर्ने क्रममा छौं।’

चोरी गर्ने व्यक्ति सिंहदरबारभित्रै काम गर्ने चालक भएको अनुसन्धानमा खुलेको छ।
स्थानीय विकास मन्त्रालयको परिसरमा रहेको टोयोटा हाइलक्स गाडीको चार वटै टायर चोरी भएका हुन्।
डिएसपी जोशीका अनुसार, शनिबार साँझ टायर चोरी गरेको र आइतबार बिहान लगेर ग्यारेजमा बिक्री गरेको खुलेको छ। ग्यारेजका सञ्चालकलाई समेत प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ।

सिंहदरबारमा विगतमा पनि पटक-पटक चोरी हुँदै आएको छ। पाँच वर्षअघि एक उपसचिव नै सिंहदरबारभित्र चोरीको आरोपमा कारबाहीमा परेका थिए।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...