सिंहदरबारमा उपसचिव पछी चालकको चोरी धन्दा यसरी खुल्यो, शंखमूलको ग्यारेजमा भेटिए चोरिएका टायर



हाम्रो इकोनोमि

सिंहदरबारभित्रको गाडीको टायर कर्मचारीले नै चोरी गरेको खुलेको छ। चोरी भएका टायर बरामद गरी चोरीमा संलग्न सरकारी चालकमाथि प्रहरी अनुसन्धान अघि बढाइएको छ।

शनिबार चोरी भएका चारै वटा टायर प्रहरीले शंखमूलस्थित बाराही टायर सेन्टरबाट बरामद गरेको छ। सिसिटिभीको आधारमा अनुसन्धान गरी चोरी घटना पत्ता लागेको हो।

‘चोरी भएका चारै वटा टायर ग्यारेजमा भेटिसकेका छौं’, सिंहदरबारस्थित सुरक्षा गणका डिएसपी प्रेम जोशीलेभने, ‘चोरी गर्ने व्यक्ति पनि पत्ता लागिसकेको छ, पक्राउ गर्ने क्रममा छौं।’

चोरी गर्ने व्यक्ति सिंहदरबारभित्रै काम गर्ने चालक भएको अनुसन्धानमा खुलेको छ।
स्थानीय विकास मन्त्रालयको परिसरमा रहेको टोयोटा हाइलक्स गाडीको चार वटै टायर चोरी भएका हुन्।
डिएसपी जोशीका अनुसार, शनिबार साँझ टायर चोरी गरेको र आइतबार बिहान लगेर ग्यारेजमा बिक्री गरेको खुलेको छ। ग्यारेजका सञ्चालकलाई समेत प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ।

सिंहदरबारमा विगतमा पनि पटक-पटक चोरी हुँदै आएको छ। पाँच वर्षअघि एक उपसचिव नै सिंहदरबारभित्र चोरीको आरोपमा कारबाहीमा परेका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...