देउवाले सत्ता नछोडेको सिंहदरबार भित्रबाटै दुइ लाखको टायर चोरी,सरकारी गाडी अलपत्र अबस्थामा भेटियो



हाम्रो इकोनोमि

मुलुककै केन्द्रिय प्रशाशनिक निकाय सिहदरबार देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिन्छ । तर, पछिल्ला दिनमा त्यही सिंहरदरबारमा चोरीका घटना बढेको छ । कहिले ल्यापटप हराउँछ र कहिले मोबाइल । तर, अब गाडीको टायर पनि चोरी भएको छ ।स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको हो ।सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको ठाउँबाटै गाडीका टायर चोरी भएपछि सबै अचम्मित परेका छन् । गाडी पार्किङ गरेको स्थान र सेना र प्रहरीको ड्यूटी स्थल मुस्किलले २० मिटरको दुरीमा छ ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर पुर्‍याएर सिंहदरबारभित्रै पार्किङ गरेका थिए ।

तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको छ । आइतबार विहान प्रमुख शर्मालाई लिनका लागि पार्किङमा आइपुग्दा चारवटै टायर नभेटेपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए ।चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।
अरुलाई गाडीका पार्टपूर्जा सम्बन्धी जानकारी नहुँने भएकोले ड्राइभरहरुले नै यस्तो गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
प्रहरीले भने चोरी कार्य ड्राइभरहरुबाटै हुनसक्ने आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...