लिखु–४ जलविद्युत् आयोजनामा ७ बैंकले साँढे ७ अर्ब लगानी गर्ने



हाम्रो इकोनोमि

५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनामा नबिल बैंकको नेतृत्वमा सात वाणिज्य बैंकले लगानी गर्ने भएका छन् । ग्रीन भेञ्चर प्रालिबाट प्रवद्र्धित उक्त आयोजनामा सात बैंकले ७ अर्ब ६२ करोड ऋण लगानी गर्ने भएका हुन् ।

लगानी सम्झौतामा कम्पनीका अध्यक्ष सुभाषचन्द्र सङ्घई एवम् अन्य सातओटै बैङ्कका प्रतिनिधिबाट संयुक्त हस्ताक्षर भएको छ ।

नेपालको व्यवसायीक घरना त्रिवेणी ग्रुप र विशाल ग्रुपको संयुक्त लगानी रहेको आयोजनामा नविलको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

आयोजनाको कुल लागत १० अर्ब १६ करोड रहेको छ । यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी रहेको छ । उक्त आयोजनामा नबिल बैंकले १ अर्ब ४२ करोड, लक्ष्मी बैंकले १ अर्ब २५ करोड, ग्लोबल आईएमई बैंकले १ अर्ब २५ करोड, एसबीआई बैंक र सनराइज बैंकले १र१ अर्ब र प्रभु तथा सानिमा बैंकले ८५/८५ करोड लगानी गर्ने भएका छन् ।

सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०७३ असारमा विद्युत् खरीद सम्झौता (पीपीए) गरिसकेको छ । आयोजनाले २०७७ असोज ३० गतेबाट व्यापारिक उत्पादन (आरसीओडी) शुरू गर्नुपर्नेछ । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको नयाँ खिम्ती सबस्टेशनमा जोडिनेछ ।

लिखु–४ जलविद्युत् आयोजनाको निर्माणस्थल रामेछाप र ओखलढुङ्गा जिल्लामा पर्छ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...