प्रदेश नं ५ को राजधानी बुटबल बनाउनुपर्ने माग



हाम्रो इकोनोमि

यहाँका बासिन्दा, राजनीतिक दल र जनप्रतिनिधिले प्रदेश नं ५ को राजधानी रुपन्देही जिल्लाको बुटवलमा बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

पाल्पाका जननिर्वाचित सांसद, राजनीतिक दल, पूर्वसांसद र बासिन्दाले प्रदेशको राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई ध्यानमा राखी बुटवलमा नै राजधानी बनाउन उपयुक्त रहेको जनाएका छन् ।

पूर्वाधारको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, प्रशासनिक पहुँच र सुगमता, पर्यटकीय क्षेत्र लुम्बिनी र शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल नजिकको शहर भएकाले पनि ५ नं प्रदेशको केन्द्र बुटवलमै हुनुपर्ने पाल्पालीको माग रहेको नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले बताउनुभयो ।

“देशको सन्तुलित विकास, जनताको हित र सुविधालाई सम्बोधन गर्न केन्द्र, प्रदेश र स्थानीय तहको व्यवस्था गरिएको केन्द्र तोक्दा सबैलाई पायक पर्छ”, उहाँले रासससँग भन्नुभयो ।

नेकपा९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य तथा नवनिर्वाचित प्रदेश सांसद तुलाराम घर्तीले प्रदेश राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई हेर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य दलबहादुर राना, प्रदेशसभा सदस्य पुरनमान बज्राचार्य, युवराज खनाल र नारायण आचार्यले प्रदेशको राजधानी बुटबल सबैलाई पायक पर्ने जिकिर गर्नुभयो ।

एमालेका धनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका चक्रब्यू थापा, राप्रपा९प्रजातान्त्रिक०का डुलबहादुर कुँवर, नेकपा ९माले०का धनराज पौडेल, सरोकार भएका टीकाराम पौड्याल, जिल्ला समन्वय समितिका सभापति दयाराम बस्याल, तानसेन नगरपालिका प्रमुख अशोक शाहीले पनि बुटबललाई राजधानी तोक्नुपर्ने माग गर्नुभयो ।

४१ को धरौटी जफत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अधिकांश दलका उम्मेदवारको धरौटी रकम जफत भएको छ । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्ने दलका उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्थानुरुप नै प्रतिनिधिसभा र प्रदेशसभामा दल तथा तथा स्वतन्त्र उम्मेदवार गरी ४१ जनाको धरौटी रकम फिर्ता हुन सकेन ।
दुई प्रतिनिधिसभा रहेको पाल्पामा २१ जनाको उम्मेदवारी परेको मध्ये नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक दलका धरौटी जफत भएको हो ।

दश प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौती जफत भएको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिनुभयो । पाल्पामा प्रतिनिधिसभासर्फ १७ र प्रदेशसभा २३ उम्मेदवारको धरौटी जफत भएको हो । दुई प्रतिनिधिसभामा एमाले तथा चार प्रदेश क्षेत्रमध्ये तीनमा एमाले र एकमा माओवादी केन्द्र विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...