ओलीलाई रैथाने परिषदको शुभकामना



हाम्रो इकोनोमि

काठमाडौं : रैथाने एकता परिषद्ले एमालेका अध्यक्ष केपी ओलीलाई निर्वाचनमा विजय प्राप्त गरेकोमा बधाई दिएको छ । परिषद्का संयोजक सन्तोष बराइलीसहितको टोलीले शनिबार बिहान ओली निवास बालकोट पुगेर बधाई र शुभकामना लेखिएको ताम्रपत्र हस्तान्तरण समेत गरेको छ।

ओलीलाई सम्बोध नगरिएको ताम्रपत्रमा भनिएको छ, ‘अस्थिर, पछौटे र बिपन्न मुलुक नेपाललाई समृद्धिको दिशामा अघि बढाउने अभियानको नेतृत्व गर्ने महान अवसर नेपाली जनताले यो निर्वाचनबाट यहाँलाई दिएकोमा नेकपा एमालेका आदरणीय अध्यक्ष राजनेता केपीशर्मा ओलीलाई हार्दिक बधाई छ । नेपाली जनताको समृद्धि प्राप्त गर्ने सपना पूरा गर्न सफल बन्नुहोस्, हार्दिक शुभकामना ।’

तराई क्षेत्रमा अंगिकृत नागरिकको बोलबाला बढेकोविरुद्ध रैथाने नेपालीलाई अघि बढाउन स्थापित परिषदले चुनावमा वाम गठवन्धनलाई समर्थन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...