ओलीलाई रैथाने परिषदको शुभकामना



हाम्रो इकोनोमि

काठमाडौं : रैथाने एकता परिषद्ले एमालेका अध्यक्ष केपी ओलीलाई निर्वाचनमा विजय प्राप्त गरेकोमा बधाई दिएको छ । परिषद्का संयोजक सन्तोष बराइलीसहितको टोलीले शनिबार बिहान ओली निवास बालकोट पुगेर बधाई र शुभकामना लेखिएको ताम्रपत्र हस्तान्तरण समेत गरेको छ।

ओलीलाई सम्बोध नगरिएको ताम्रपत्रमा भनिएको छ, ‘अस्थिर, पछौटे र बिपन्न मुलुक नेपाललाई समृद्धिको दिशामा अघि बढाउने अभियानको नेतृत्व गर्ने महान अवसर नेपाली जनताले यो निर्वाचनबाट यहाँलाई दिएकोमा नेकपा एमालेका आदरणीय अध्यक्ष राजनेता केपीशर्मा ओलीलाई हार्दिक बधाई छ । नेपाली जनताको समृद्धि प्राप्त गर्ने सपना पूरा गर्न सफल बन्नुहोस्, हार्दिक शुभकामना ।’

तराई क्षेत्रमा अंगिकृत नागरिकको बोलबाला बढेकोविरुद्ध रैथाने नेपालीलाई अघि बढाउन स्थापित परिषदले चुनावमा वाम गठवन्धनलाई समर्थन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...