अचानक प्रचण्डले किन छाडे लाजिम्पाट , यस्तो छ कारण



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लाजिम्पाट डेरा छोडेका छन् । उनी शुक्रबारदेखि ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा रहेको एक घरमा बस्न थालेको प्रचण्डको पारिवारिक स्रोतले जनाएको छ ।

उनको नीजि पारिवारिक स्रोतले दिएको जानकारी अनुसार छोरा प्रकाश दाहालको निधन भएपछि आमा सीता दाहालले लाजिम्पाटमा बस्दा आफूलाई समस्या हुने र विगतको मात्र याद आउने भनेपछि प्रचण्डले सचिवालयलाई उपयुक्त घरको खोजी गर्न निर्देशन दिएका थिए ।

लाजिम्पाटमा कम्पाउण्ड साँघुरो रहेको र आगन्तुकहरुको गाडी पार्किंङ गर्न असुविधा भएकाले डेरा सरिएको प्रचण्डनिकट स्रोतले बतायो ।हामीले चक्रपथ भित्रै खोजेका हौ, तर, ठूलो नेता, पूर्व प्रधानमन्त्री सुरक्षा निकायका टोली पनि सँगै बस्नुपर्ने भएकाले भनेजस्तो घर नपाएपछि खुमलटार सरेको प्रचण्डका पारिवारिक स्रोतले बतायो।

उक्त घरको भाडा बारेमा केही खुलाइएको छैन, साथै कति वर्षका लागि लिइएको हो त्यो पनि प्रष्ट पारिएको छैन । तर, हिजो राती प्रचण्ड नयाँघरमा सुत्नुभएको छ स्रोतले भन्यो ।कतिपयले भने उक्त घर निर्माण व्यावसायी शारदाप्रसाद अधिकारीले उपलब्ध गराएको बताएका छन् । अहिले नयाँ घरमा लाजिम्पाटबाट सामानहरु सार्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...