अचानक प्रचण्डले किन छाडे लाजिम्पाट , यस्तो छ कारण



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लाजिम्पाट डेरा छोडेका छन् । उनी शुक्रबारदेखि ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा रहेको एक घरमा बस्न थालेको प्रचण्डको पारिवारिक स्रोतले जनाएको छ ।

उनको नीजि पारिवारिक स्रोतले दिएको जानकारी अनुसार छोरा प्रकाश दाहालको निधन भएपछि आमा सीता दाहालले लाजिम्पाटमा बस्दा आफूलाई समस्या हुने र विगतको मात्र याद आउने भनेपछि प्रचण्डले सचिवालयलाई उपयुक्त घरको खोजी गर्न निर्देशन दिएका थिए ।

लाजिम्पाटमा कम्पाउण्ड साँघुरो रहेको र आगन्तुकहरुको गाडी पार्किंङ गर्न असुविधा भएकाले डेरा सरिएको प्रचण्डनिकट स्रोतले बतायो ।हामीले चक्रपथ भित्रै खोजेका हौ, तर, ठूलो नेता, पूर्व प्रधानमन्त्री सुरक्षा निकायका टोली पनि सँगै बस्नुपर्ने भएकाले भनेजस्तो घर नपाएपछि खुमलटार सरेको प्रचण्डका पारिवारिक स्रोतले बतायो।

उक्त घरको भाडा बारेमा केही खुलाइएको छैन, साथै कति वर्षका लागि लिइएको हो त्यो पनि प्रष्ट पारिएको छैन । तर, हिजो राती प्रचण्ड नयाँघरमा सुत्नुभएको छ स्रोतले भन्यो ।कतिपयले भने उक्त घर निर्माण व्यावसायी शारदाप्रसाद अधिकारीले उपलब्ध गराएको बताएका छन् । अहिले नयाँ घरमा लाजिम्पाटबाट सामानहरु सार्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...