यी हुन् समानुपातिकमा जमानत जफत भएका ४४ दल,जमानत बापतको २२ लाख राज्य कोषमा(हेर्नुहोस ४४ दलको सुची)



प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत हुने भएको छ।

समानुपातिक निर्वाचनमा सहभागी हुन दलले प्रतिनिधि सभाका लागि ५० हजार धरौटी बुझाउनु पर्छ। समानुपातिकतर्फ एक सिट पनि नजिते यी दलहरुले राखेको धरौटी फिर्ता पाइँदैन।

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ५ दलले मात्र सिट पाउने देखिएको हो। यस पटक प्रतिनिधि सभामा समानुपातिक सिट पाउनका लागि कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत ल्याउनै पर्ने थ्रेसहोल्ड राखेका कारण कम दलले सिट पाएका हुन्।

यी हुन् जमानत जफत हुने दलहरु-

1. विवेकशील साझा पार्टी
2. राष्ट्रिय प्रजातन्त्र पार्टी
3. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)
4. नयाँ शक्ति पार्टी, नेपाल
5. नेपाल मजदुर किसान पार्टी
6. राष्ट्रिय जनमोर्चा
7. एकल चिन्ह हसिया तारा लिएका
8. नेपाल संघीय समाजवादी पार्टी
9. राष्ट्रिय जनमुक्ति पार्टी
10. एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)
11. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
12. नेपाली जनता दल
13. बहुजन शक्ति पार्टी
14. मंगोल नेशनल अर्गनाइजेसन
15. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)
16. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
17. नेपाल जनता पार्टी
18. जनशक्ति नेपाल
19. आमूल परिवर्तन मसिहा पार्टी नेपाल
20. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
21. नेपाः राष्ट्रिय पार्टी
22. नेपाल लोकतान्त्रिक जनता काँगे्रस
23. चुरेभावर लोकतान्त्रिक पार्टी
24. नेपाल समावेशी पार्टी
25. ग्रीन पार्टी नेपाल
26. नेपाल युवा किसान पार्टी
27. नेपाली कांगे्रस (बी.पी.)
28. तामाङसालिङ लोकतान्त्रिक पार्टी
29. नेपालवाद
30. नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
31. नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)
32. राष्ट्रिय समाजवादी पार्टी, नेपाल
33. राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
34. नेपाल नौलो जनवादी पार्टी
35. नेपाल दर्शन
36. एकल चिन्ह सिपाही लिएका
37. युवा नेपाल पार्टी
38. नेपाल दलित पार्टी
39. जनप्रजातान्त्रिक पार्टी, नेपाल
40. देशभक्त लोकतान्त्रिक पार्टी
41. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
42. लिवरल डेमोक्रेटीक पार्टी
43. देशभक्त समाज
44. हाम्रो पार्टी

यी ४४ दलले बुझाएको कूल २२लाख रुपैयाँ अब संघीय सञ्चित कोषमा दाखिला हुनेछ।

समानुपातिकमा सूर्य चिह्नको एमाले, रुख चिह्नको कांग्रेस, गोलाकारभित्र हँसिया हथौडा चिह्नको माओवादी केन्द्र, मसाल चिह्नको संघीय समाजवादी फोरम नेपाल र छाता चिह्नको राष्ट्रिय जनता पार्टी नेपालले मात्रै सिट पाएर जमानत जोगाउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने