सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल



हाम्रो इकोनोमि

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा ९माओवादी केन्द्र०सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गर्नुभयो ।

वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भए पनि औपचारिक निर्णयपछि मात्र आफूले बोल्ने उहाँले जनाउनुभयो । पार्टी एकताका लागि एकता संयोजन समितिले गृहकार्य गरिरहेको छ ।

महासचिव पोखरेलले राष्ट्रियसभामा बहुमतीय प्रणालीमा निर्वाचन हुनुपर्ने र ताजा जनादेश आइसकेकाले वर्तमान सरकार नलम्ब्याई तत्काल नयाँ सरकार गठन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...