विजयी उम्मेद्वारले प्रमाणपत्र बुझिसके,४ बाकसमा कैद १ हजार ९ सय १३ मत नगनी यसरी गरियो बिजयी घोषणा



हाम्रो इकोनोमि

रोल्पामा चुनावी परिणाम घोषणा भएपछि अचम्मको घटना बाहिर आएको छ। प्रतिनिधिसभा तर्फ चारवटा मतदान केन्द्रको मत नजोडी परिणाम घोषणा गरिएको तथ्य खुलेको छ।

प्रदेशसभाको तुलनामा प्रतिनिधिसभामा किन कम मत देखिए भन्ने खोज्दै जाँदा यो रहस्य सामुन्नेमा आएको हो।

प्रत्यक्षतर्फ नगनिएका मत १ हजार ९ सय १३ मत भेटिएको हो। समूह बनाएर गणना भएका मतमध्ये एक समूहको गणना छुटेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसरी गन्न छुटेका मतहरू चारवटा मतपेटिकामा भएका मत हुन्। प्रदेश सभातर्फको गणना नतिजा सार्वजनिक गर्नेक्रममा मत गन्न छुटेको थाह लागेको हो। बदर मत, खसेको मत र गणना भएको मतमा अन्तर परेपछि मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठलाई दलका प्रतिनिधिले यो कसरी भयो भनेर सोधपुछ गर्दा गणना छुटेको तथ्य बाहिर आएको हो।

प्रत्यक्षतर्फको मत सार्वजनिक गर्दै उम्मेदवारलाई प्रमाणपत्र समेत प्रदान गरिसकेपछि गणना पूरा नभएको भेटिएपछि पछिल्ला मतसमेत गनेर आयोगमा अद्यावदी गरिएको अधिकृत श्रेष्ठले बताएका छन्।

यसअघि सार्वजनिक गरिएको मत परिणाम अन्तर्गत माओवादी केन्द्रका वर्षमान पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेको घोषणा गरिएको थियो तर पछिल्लो चार केन्द्रको मतसमेत जोड्दा उनको मत ४२ हजार ८४ पुगेको छ।

निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अमरसिंह पुनमगरले १९ हजार ९ सय ६ मत प्राप्त गरेको घोषणा भएपनि उनकोमा पनि थपिएर २० हजार ३ सय ३७ मत पुगेको छ।

अत्याधिक मतअन्तरको हारजित भएका कारण दलका प्रतिनिधिले मसिनो गरेर हिसाव निकाल्न जाँगर गरेनन्। फलस्वरूप खसेको मत र गणना मतको अन्तरसमेत कसैले हेक्का राखेन।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...