विजयी उम्मेद्वारले प्रमाणपत्र बुझिसके,४ बाकसमा कैद १ हजार ९ सय १३ मत नगनी यसरी गरियो बिजयी घोषणा



रोल्पामा चुनावी परिणाम घोषणा भएपछि अचम्मको घटना बाहिर आएको छ। प्रतिनिधिसभा तर्फ चारवटा मतदान केन्द्रको मत नजोडी परिणाम घोषणा गरिएको तथ्य खुलेको छ।

प्रदेशसभाको तुलनामा प्रतिनिधिसभामा किन कम मत देखिए भन्ने खोज्दै जाँदा यो रहस्य सामुन्नेमा आएको हो।

प्रत्यक्षतर्फ नगनिएका मत १ हजार ९ सय १३ मत भेटिएको हो। समूह बनाएर गणना भएका मतमध्ये एक समूहको गणना छुटेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसरी गन्न छुटेका मतहरू चारवटा मतपेटिकामा भएका मत हुन्। प्रदेश सभातर्फको गणना नतिजा सार्वजनिक गर्नेक्रममा मत गन्न छुटेको थाह लागेको हो। बदर मत, खसेको मत र गणना भएको मतमा अन्तर परेपछि मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठलाई दलका प्रतिनिधिले यो कसरी भयो भनेर सोधपुछ गर्दा गणना छुटेको तथ्य बाहिर आएको हो।

प्रत्यक्षतर्फको मत सार्वजनिक गर्दै उम्मेदवारलाई प्रमाणपत्र समेत प्रदान गरिसकेपछि गणना पूरा नभएको भेटिएपछि पछिल्ला मतसमेत गनेर आयोगमा अद्यावदी गरिएको अधिकृत श्रेष्ठले बताएका छन्।

यसअघि सार्वजनिक गरिएको मत परिणाम अन्तर्गत माओवादी केन्द्रका वर्षमान पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेको घोषणा गरिएको थियो तर पछिल्लो चार केन्द्रको मतसमेत जोड्दा उनको मत ४२ हजार ८४ पुगेको छ।

निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अमरसिंह पुनमगरले १९ हजार ९ सय ६ मत प्राप्त गरेको घोषणा भएपनि उनकोमा पनि थपिएर २० हजार ३ सय ३७ मत पुगेको छ।

अत्याधिक मतअन्तरको हारजित भएका कारण दलका प्रतिनिधिले मसिनो गरेर हिसाव निकाल्न जाँगर गरेनन्। फलस्वरूप खसेको मत र गणना मतको अन्तरसमेत कसैले हेक्का राखेन।

प्रतिक्रिया दिनुहोस
पाँच हजार मेगावाट पीपीए गर्दै विद्युत् प्राधिकरण

    नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता

हारेकाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित हुँदैन : प्रधानमन्त्री

    गैर आवासीय नेपाली संघ विभाजन गर्ने शेष घले र महेश श्रेष्ठलगायतको

राष्ट्र बैंकमा ३ खर्ब ३५ अर्ब थुप्रियो, व्यवस्थापन गर्न सकस

    वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन

नबिल प्रिमियम रेमिटेन्स बचत खाता वैदेशिक रोजगार श्रमीककालागी साथी

    विदेशमा कामगर्न गएका र श्रम स्वकिृत लिएर बसेको रोजगारीका लागी विदेश