निर्वाचन सकिए पछी ओली र प्रचण्डले आज तीन बजे भेट्ने यसरी जुराए साइत,के-के बिषयमा हुदैछ छलफल ?



हाम्रो इकोनोमि

वामगठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रका अध्यक्षबीच बिहिबार हुने भनिएको भेट शुक्रबारका लागि सरेको छ।

दुई नेताको कार्यव्यस्तताका कारण भेट शुक्रबारका लागि सरेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमिल्सिनाले जनाए। शुक्रबार दिउँसोका लागि भेट तय भएपनि समय यकिन भइनसकेको उनले बताए।

‘दुई अध्यक्षको कार्यव्यस्तताका कारण हिजो भेट हुन सकेन, आज हुने कुरा छ, समय अझै तय हुन नसकेपनि आजचाहिँ भेट हुन्छ’, उनले भने, ‘संभवतः दिउँसो तीन चारबजे उहाँहरुबीच भेट हुन्छ।’

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै सरकार निर्माण लगायतका विषयमा एमाले अध्यक्ष ओलीसँग छलफल गर्न दाहाल बिहिबार अपराह्न चितवनबाट काठमाडौं फर्किएका थिए।

उनीहरुबीच गभर्नर चयन, राष्ट्रिय सभाको गठन, सरकार निर्माण र पार्टी एकताका विषयमा छलफल केन्द्रित हुनेछ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...