आगलागीमा परी छ चौपाया मरे, लाखौँको क्षति



महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका—४ रानी रतवारास्थित एक गोठमा बिहीबार आगलागी हुँदा छवटा चौपाया जलेर मरेका छन् भने दुईवटा चौपाया गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार रानी रतवारा निवासी सुभान्स रायको गोठमा भएको आगलागीमा परी गोठभित्र रहेका तीन भैँसी, तीन बाख्रा जलेर मरेका छन् भने दुईवटा गोरु गम्भीर घाइते भएका छन् ।

त्यस्तै, रायको गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठभित्रका काठ, दाउरा, भुस, पराललगायत सबै सामग्री गरी रु छ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

आगलागी स्थानीय, प्रहरी र वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने