डेभलपमेन्ट बैंकको पुस ७ गतेदेखि ५ लाख ९७ हजार कित्ता सेयर लिलामीमा आउँदै



नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पुस ७ गतेदेखि ५ लाख ९७ हजार ३४९.८० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक समूहको ५ लाख ३० हजार २४३.१६ कित्ता र सर्वसाधारण समूहको ६७ हजार १०६.६४ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गनुपर्नेछ । लगानीकर्ताले दुवै समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा आवेदन दिने अन्तिम म्याद भने पुस १६ गते तोकिएको छ । नेपाल कम्युनिटीले असोज २६ देखि कात्तिक २९ गतेसम्म १२०५ हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामीमा ल्याउन लागेको हो । लिलामीमा सेयर बिक्री गरिसकेपछि चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ पुग्नेछ ।

बिक्री प्रबन्धक एनआइबीएल क्यपिटल मार्केट लाजिम्पाट, काठमाडौं तथा यसका लगनखेल ललितपुर र चिप्लेढुंगा पोखरा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसैगरी, नेपाल कम्युनिटीको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालय तथा इन्भेष्टमेन्ट बैंकका विराटनगर, वीरगञ्ज, सुर्खेत नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि बोलपत्र फारम भर्न र बुझाउन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
चैत मसान्तसम्म २९ प्रतिशत विकास खर्च

    चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९

प्रधानमन्त्रीद्धारा नबिल बैंक सम्मानित

    नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा

सहकारीको बचतमा तोकियो नयाँ मापदण्ड

    बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूका लागि नयाँ मापदण्ड जारी

नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

    प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा