डेभलपमेन्ट बैंकको पुस ७ गतेदेखि ५ लाख ९७ हजार कित्ता सेयर लिलामीमा आउँदै



हाम्रो इकोनोमि

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पुस ७ गतेदेखि ५ लाख ९७ हजार ३४९.८० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक समूहको ५ लाख ३० हजार २४३.१६ कित्ता र सर्वसाधारण समूहको ६७ हजार १०६.६४ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गनुपर्नेछ । लगानीकर्ताले दुवै समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा आवेदन दिने अन्तिम म्याद भने पुस १६ गते तोकिएको छ । नेपाल कम्युनिटीले असोज २६ देखि कात्तिक २९ गतेसम्म १२०५ हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामीमा ल्याउन लागेको हो । लिलामीमा सेयर बिक्री गरिसकेपछि चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ पुग्नेछ ।

बिक्री प्रबन्धक एनआइबीएल क्यपिटल मार्केट लाजिम्पाट, काठमाडौं तथा यसका लगनखेल ललितपुर र चिप्लेढुंगा पोखरा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसैगरी, नेपाल कम्युनिटीको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालय तथा इन्भेष्टमेन्ट बैंकका विराटनगर, वीरगञ्ज, सुर्खेत नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि बोलपत्र फारम भर्न र बुझाउन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...