आयो समानुपातिकको ताजा नतिजा,राप्रपालाई विवेकशीलले उछिन्यो, अब १४ जिल्लाको मतगणना बाँकी,हेर्नुहोस कस्को कति?



निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ १४ जिल्लाको मतगणना गर्न बाँकी रहेको बताएको छ।

प्रत्यक्षतर्फको अन्तिम नतिजा हिजै सार्वजनिक गरेको आयोगले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको जनाएको हो। आयोगका अनुसार समानुपातिकतर्फको ६० भन्दा बढी जिल्लाको मतगणना कार्य सकिएको छ।

प्रदेश १ को सुनसरी, प्रदेश २ मो धनुषा, सप्तरी, सर्लाही र महोत्तरी, प्रदेश ३ को काठमाडौं र चितवन, प्रदेश ४ को स्याङ्जा, प्रदेश ५ को अर्घाखाँची र प्युठान, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को कैलाली, कञ्चनपुर र डोटीमा समानुपातिकतर्फको मतगणना जारी छ।

निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार दिउँसो साढे १ सम्म दलहरुको अवस्था यस्तो छ-
नेकपा एमाले : २७ लाख १४ हजार ८०६
नेपाली कांग्रेस : २६ लाख २६ हजार ८९९
माओवादी केन्द्र : १० लाख ८७ हजार ८७१
संघीय समाजवादी फोरम नेपाल : ३ लाख ८२ हजार ४८
राष्ट्रिय जनता पार्टी नेपाल : ३ लाख २१ हजार ९६६
विवेकशील साझा पार्टी : १ लाख ७९ हजार १९२
राष्ट्रिय प्रजातन्त्र पार्टी : १ लाख ७८ हजार ६०३
नयाँ शक्ति पार्टी : ७० हजार ६९१
राप्रपा (प्रजातान्त्रिक) : ६४ हजार ८९५
नेपाल मजदुर किसान पार्टी : ५० हजार ८१३

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहिबार  ०८ : २२  बजे

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ७६ कराेडकाे बजेट

    काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो

रसुवा बाढी : ११ जनाको शव फेला पर्‍यो, १७ अझै बेपत्ता

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला

इजरायली सेनाको आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टिनी मारिए

    गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन्

कपिलवस्तुमा बस दुर्घटना, २९ जना घाइते (नामावली)

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा बस दुर्घटना हुँदा घाइते भएका