आयो समानुपातिकको ताजा नतिजा,राप्रपालाई विवेकशीलले उछिन्यो, अब १४ जिल्लाको मतगणना बाँकी,हेर्नुहोस कस्को कति?



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ १४ जिल्लाको मतगणना गर्न बाँकी रहेको बताएको छ।

प्रत्यक्षतर्फको अन्तिम नतिजा हिजै सार्वजनिक गरेको आयोगले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको जनाएको हो। आयोगका अनुसार समानुपातिकतर्फको ६० भन्दा बढी जिल्लाको मतगणना कार्य सकिएको छ।

प्रदेश १ को सुनसरी, प्रदेश २ मो धनुषा, सप्तरी, सर्लाही र महोत्तरी, प्रदेश ३ को काठमाडौं र चितवन, प्रदेश ४ को स्याङ्जा, प्रदेश ५ को अर्घाखाँची र प्युठान, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को कैलाली, कञ्चनपुर र डोटीमा समानुपातिकतर्फको मतगणना जारी छ।

निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार दिउँसो साढे १ सम्म दलहरुको अवस्था यस्तो छ-
नेकपा एमाले : २७ लाख १४ हजार ८०६
नेपाली कांग्रेस : २६ लाख २६ हजार ८९९
माओवादी केन्द्र : १० लाख ८७ हजार ८७१
संघीय समाजवादी फोरम नेपाल : ३ लाख ८२ हजार ४८
राष्ट्रिय जनता पार्टी नेपाल : ३ लाख २१ हजार ९६६
विवेकशील साझा पार्टी : १ लाख ७९ हजार १९२
राष्ट्रिय प्रजातन्त्र पार्टी : १ लाख ७८ हजार ६०३
नयाँ शक्ति पार्टी : ७० हजार ६९१
राप्रपा (प्रजातान्त्रिक) : ६४ हजार ८९५
नेपाल मजदुर किसान पार्टी : ५० हजार ८१३

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...