सिलिण्डर ग्यास पड्कँदा आगलागी



हाम्रो इकोनोमि

झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको मालसमान क्षति भएको प्रहरीले जनाएको छ ।

मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताउनुभयो ।

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि टिनको छानो रहेको क्यान्टिन पूरै जलेको प्रहरीको भनाइ छ ।

मेचीनगर नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...