राजेन्द्र पाण्डे यसरी बन्दैछन तीन नम्बर प्रदेशको मुख्यमन्त्री



हाम्रो इकोनोमि

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम सार्बजनिक भए संगै मुख्यमन्त्रीको चर्चा पनि बढेको छ । देशकै राजधानी रहेको तीन नम्बर प्रदेशमा मुख्य मन्त्री को होला भन्ने सबैमा चासो परेको छ । वामपन्थी गठबन्धनको राम्रो प्रभाव रहेको प्रदेश नम्बर ३ मा मुख्य दलहरुले भावी मुख्यमन्त्रीको रुपमा बिभिन्न नेतालाई प्रदेशसभातर्फ उम्मेदवार बनाएका थिए । र प्रभाबशाली नेता हरुले जित हात परेका छन्।

पूर्वमन्त्री एवं एमाले नेता राजेन्द्रप्रसाद पाण्डेले धादिङबाट प्रदेशसभाको लागि ओजनदार मत पाएर मुख्य मन्त्री बन्ने लगभग पक्का जस्तै छ । उनी २०६४ को संविधानसभा बाहेक अरु सबै संसदीय भूमिकामा सक्रिय छन् । एमालेको प्रमुख सचेतकसमेत बनिसकेका पाण्डेलाई ३ नम्बर प्रदेशमा एमालेबाट मुख्यमन्त्री बनाउनु पर्ने आवाज जोडदार ढंगले उठ्न थालेको छ ।

तर एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि काठमाडौंबाट प्रदेशसभा सदस्यका लागि बिजयी बनेपछि मुख्यमन्त्रीको दाबी गर्न थालेकी छिन। तर पार्टीले जनमत र इतिहासको कदरलाई ध्यान दिदा पाण्डेको विकल्प नभएको एमालेका अर्का उपाध्यक्षले बताए। जनतामा भिजेका र समन्वयकारी भूमिका निर्बाह गर्न सक्ने क्षमता भएका कारण मुख्य मन्त्रीमा पाण्डेको मात्र व्यक्तित्वले काम गर्ने र उनैलाई मुख्य मन्त्री बनाउन एमाले नेतृत्व समेत लागेकाले उनको विकल्प नभएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...