ट्राफिक प्रहरीले फेरी गर्न थाल्यो कडाई, उपत्यकामा एकैदिन १ हजार ७ सय ९० चालक कारवाहीमा



हाम्रो इकोनोमि

उपत्यकामा एकै दिन १ हजार ७ सय ९० चालक कारवाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार उपत्यकाका विभिन्न ठाउँमा ती चालक कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेमा लेन अनुशासन उल्लंघन गर्ने ४ सय ७३, जथाभागी यात्रु चढाउने र ओराल्ने ३२१ जना चालक छन् । त्यस्तै फुटपाथमा सवारी पार्किङ गर्ने १ सय ४०, मादक पदार्थ सेवन गरी सवारी चलाउने ७७ जना तथा जथाभावी हर्न बजाउने २१ जनालाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।

कालो धुँवा फाल्ने १६ वटा र प्रदुषण स्टिकर फेल भएका ३५ सवारी साधन नियन्त्रणमा लिइ यातायात व्यवस्था कार्यालय पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...