विकास र समृद्धि नै मुख्य लक्ष्य: डा रिजाल



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा मीनेन्द्र रिजालले विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय मोरङले आज विराटनगरमा आयोजना गरेको प्रमाणपत्र प्रदान कार्यक्रममा पूर्व सञ्चारमन्त्रीसमेत रहनुभएका रिजालले मोरङको २ नं क्षेत्रका जनताले आफूप्रति विश्वास गरेकाले अब विकास र समृद्धिका लागि काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मोरङको २ नं क्षेत्रमा सडक निर्माण, बिजुली बत्तीको समस्या, नदीले कटान गर्दा हुने समस्या छन् ती समस्यालाई मैले हल गर्नुपर्छ ।

मोरङ क्षेत्र नं २ (१)का प्रदेश सांसद शिवनारायण गनगाईंले विकास निर्माण नै मेरो प्राथमिकता हो भन्नुभयो ।

त्यस्तै मोरङ क्षेत्र नं २ (२)का प्रदेश सांसद लीलाबल्लभ अधिकारीले विकासमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले समस्या ब्यूँताउनेभन्दा समस्या हल गर्ने तर्फ लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...