विकास र समृद्धि नै मुख्य लक्ष्य: डा रिजाल



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा मीनेन्द्र रिजालले विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय मोरङले आज विराटनगरमा आयोजना गरेको प्रमाणपत्र प्रदान कार्यक्रममा पूर्व सञ्चारमन्त्रीसमेत रहनुभएका रिजालले मोरङको २ नं क्षेत्रका जनताले आफूप्रति विश्वास गरेकाले अब विकास र समृद्धिका लागि काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मोरङको २ नं क्षेत्रमा सडक निर्माण, बिजुली बत्तीको समस्या, नदीले कटान गर्दा हुने समस्या छन् ती समस्यालाई मैले हल गर्नुपर्छ ।

मोरङ क्षेत्र नं २ (१)का प्रदेश सांसद शिवनारायण गनगाईंले विकास निर्माण नै मेरो प्राथमिकता हो भन्नुभयो ।

त्यस्तै मोरङ क्षेत्र नं २ (२)का प्रदेश सांसद लीलाबल्लभ अधिकारीले विकासमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले समस्या ब्यूँताउनेभन्दा समस्या हल गर्ने तर्फ लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...