पार्टी अध्यक्ष संसदीय दलको नेता र प्रधानमन्त्री केपी ओली नै हुने यसरी भयो निश्चित, प्रचण्डको यस्तो छ दाउ के गर्लान् अब ?



हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले पहिलो दल बनेको छ । यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि एमाले धेरै स्थानीय तह जितेर ठूलो दल बनेको थियो ।

अहिलेसम्मको निर्वाचनमा एमालेको यो जित नै ऐतिहासिक हो । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै दल पहिलो हुनु चानचुने घटना होइन । स्थानीय तहको निर्वाचनमा एक्लै लडे पनि एमाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने माओवादी केन्द्रसँग बाम गठबन्धन गरी होमिएको थियो ।

एमाले र माओवादी केन्द्रबीच चुनावसँग तालमेल गरेर जाने र त्यसपछि पार्टी एकता गर्ने सहमति भएको थियो । निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइको बहुमत हासिल गरेका छन् । तर, अब बन्ने सरकारमा को प्रधानमन्त्री हुने ? पार्टी एकतापछि को अध्यक्ष र संसदीय दलको नेता हुने ? भन्ने विवाद सुरु भएको छ ।

यही बीचमा एमाले महासचिव ईश्वर पोखरेलले अबको प्रधानमन्त्री, दलको अध्यक्ष र संसदीय दलको नेता पनि एउटै व्यक्ति हुने भनेर अभिव्यक्ति दिएपछि माओवादीभित्र यसले असन्तुष्टि उत्पन्न गराएको छ । पोखरेलले एमाले अध्यक्ष नै भावी प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष पनि हुने संकेत गरेका छन् ।

एमाले तत्काल सरकार गठन गर्ने र एक वर्षभित्र पार्टी एकता गर्ने पक्षमा छ । तर, माओवादी भने सरकार गठन र पार्टी एकता प्याकेजमै गर्नुपर्ने अडानमा छ । चुनावमा बहुमत ल्याएपछि एमाले नेताहरूले पार्टी एकता तत्काल नहुनेसम्मका अभिव्यक्ति दिन थालेपछि माओवादीले ठूलै षड्यन्त्रको संशय देखेको हो ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गत असोजमा साढे दुई वर्ष–साढे दुई वर्ष आलोपालो प्रधानमन्त्री हुने, एउटा प्रधानमन्त्री हुँदा अर्को पार्टी अध्यक्ष हुने ‘भद्र सहमति’ भएको बताइन्छ । तर, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यस्तो विषयमा कुनै जानकारी नभएको भन्दै आफूहरू मान्न तयार नभएको बताउँदै ‘ओली प्रचण्ड सहमति’ अस्वीकार गर्ने संकेत गरेका छन् ।

माधव नेपालको यो भनाइले माओवादीभित्र सनसनी मच्चाएको छ । अबको केही साताभित्रै नयाँ सरकार बन्दैछ । त्यसअघि नै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको विषयमा सहमति गर्नुपर्ने अवस्था छ । स्रोतका अनुसार यदि एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा बाधा पर्ने अवस्था आए ओलीलाई प्रधानमन्त्री, नेपाललाई राष्ट्रपति र प्रचण्डलाई पार्टी अध्यक्ष बनाउने विषयमा पनि गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा