तराई र भारत प्रति नरम दृष्टिकोण राख्दा कांग्रेस पराजित भएको ठहर गर्दै एसडी मुनीले भने-भारतले नाकाबन्दी लगाएपछी नेपालमा ‘नयाँ राष्ट्रवाद’को विजय



हाम्रो इकोनोमि

नेपालमा भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई विभिन्न जोड र कोणबाट विश्लेषण सुरु भएको छ।
निर्वाचनको यो परिणामलाई नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले ‘नयाँ राष्ट्रवाद’ को विजयी भएको रुपमा विश्लेषण गरेका छन्। तर, उनले त्यो कस्तो नयाँ राष्ट्रवाद हो भन्ने बारे प्रष्ट व्याख्या गरेनन्।

भारतको राज्य सभा टिभीमा नेपालको चुनावबारे भएको बहसमा मुनीले नेपालमा नयाँ राष्ट्रवादले जितेको बताए। ‘यो चुनवामा नयाँ राष्ट्रवादको विजय भएको छ,’ उनले भने,‘त्यो भनेको एक हिसावले भारत विरोधी मनोविज्ञानको पनि जीत हो।’ उनले भारतले लगाएको आर्थिक नाकान्दीले पनि त्यसलाई बढाउन सहयोग गरेको बताए।

मुनीले नेपाली कांग्रेसले नराम्रोसँग चुनाव हार्नुका कारणहरु मध्ये तराई र भारत प्रति नरम दृष्टिकोण राख्नु पनि भएको टिप्प्णी गरे। ‘नेपाली कांग्रेस तराई र भारत प्रति केही नरम थियो, जुन नयाँ राष्ट्रवादले स्वीकारेन्,’ मुनीले भने। बहसमा सहभागि नेपालका लागि भारतका पूर्व राजदुत राकेश सुदले पनि मुनीको कुरामा सहमति जनाए।
मुनीले नेपाली कांग्रेसले चुनाव हार्नुका अन्य कारणहरुमा कमजोर नेतृत्व र चुनावी अभियानमा केवल ‘कम्युनिष्ट आउँदैछन् । अधिनायकवाद आउँछ’ भन्ने रटान पनि रहेको उल्लेख गरे।

उनले यो चुनावमा परिवार, गुण्डागिरी र व्यावसायबाट राजनीतिमा आएहरुको नाराम्रोसँग पराजय भएको बताए।
त्यस्तै धर्मका नाममा राजनीति गर्ने र राजसंस्थाको पुर्नस्थापना गर्न चाहानेको पनि ठूलो हार भएको उनले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...