तराई र भारत प्रति नरम दृष्टिकोण राख्दा कांग्रेस पराजित भएको ठहर गर्दै एसडी मुनीले भने-भारतले नाकाबन्दी लगाएपछी नेपालमा ‘नयाँ राष्ट्रवाद’को विजय



हाम्रो इकोनोमि

नेपालमा भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई विभिन्न जोड र कोणबाट विश्लेषण सुरु भएको छ।
निर्वाचनको यो परिणामलाई नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले ‘नयाँ राष्ट्रवाद’ को विजयी भएको रुपमा विश्लेषण गरेका छन्। तर, उनले त्यो कस्तो नयाँ राष्ट्रवाद हो भन्ने बारे प्रष्ट व्याख्या गरेनन्।

भारतको राज्य सभा टिभीमा नेपालको चुनावबारे भएको बहसमा मुनीले नेपालमा नयाँ राष्ट्रवादले जितेको बताए। ‘यो चुनवामा नयाँ राष्ट्रवादको विजय भएको छ,’ उनले भने,‘त्यो भनेको एक हिसावले भारत विरोधी मनोविज्ञानको पनि जीत हो।’ उनले भारतले लगाएको आर्थिक नाकान्दीले पनि त्यसलाई बढाउन सहयोग गरेको बताए।

मुनीले नेपाली कांग्रेसले नराम्रोसँग चुनाव हार्नुका कारणहरु मध्ये तराई र भारत प्रति नरम दृष्टिकोण राख्नु पनि भएको टिप्प्णी गरे। ‘नेपाली कांग्रेस तराई र भारत प्रति केही नरम थियो, जुन नयाँ राष्ट्रवादले स्वीकारेन्,’ मुनीले भने। बहसमा सहभागि नेपालका लागि भारतका पूर्व राजदुत राकेश सुदले पनि मुनीको कुरामा सहमति जनाए।
मुनीले नेपाली कांग्रेसले चुनाव हार्नुका अन्य कारणहरुमा कमजोर नेतृत्व र चुनावी अभियानमा केवल ‘कम्युनिष्ट आउँदैछन् । अधिनायकवाद आउँछ’ भन्ने रटान पनि रहेको उल्लेख गरे।

उनले यो चुनावमा परिवार, गुण्डागिरी र व्यावसायबाट राजनीतिमा आएहरुको नाराम्रोसँग पराजय भएको बताए।
त्यस्तै धर्मका नाममा राजनीति गर्ने र राजसंस्थाको पुर्नस्थापना गर्न चाहानेको पनि ठूलो हार भएको उनले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
वाम एकता होइन, सुधारिएको एमाले बनाऔँ : सुरेन्द्र पाण्डे

    नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा...

मलाई स्पष्टीकरण सोध्नु नै हास्यास्पद : पूर्णबहादुर खड्का

    नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका...

पूर्णबहादुरलाई कारबाही गर्ने गगनको तयारी

    पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...