समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त, एमाले र काँग्रेसले २५ लाख मत कटाए



हाम्रो इकोनोमि

मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, नेकपा एमालेले २६ लाख ३१ हजार ९९१ मत, नेपाली काँग्रेसले २५ लाख ४६ हजार ६९, नेकपा (माओवादी केन्द्र) ले १० लाख ४५ हजार ४४६, संघीय समाजवादी फोरम नेपालले तीन लाख ५१ हजार ५२५, राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ९५ हजार ४४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ७५ हजार ५९०, विवेकशील साझा पार्टीले एक लाख ७३ हजार ७९७, नयाँ शक्ति पार्टी नेपालले ६९ हजार २४१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ६३ हजार ८९२, नेपाल मजदुर किसान पार्टीले ५० हजार ४०१ र अन्य दलले २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् ।

अब १७ जिल्लामा मतगणना कार्य जारी रहेको छ । मत गणना भइरहेका जिल्लामा सुनसरी, धनुषा, सप्तरी, सर्लाही, महोत्तरी, काठमाडौँ, चितवन, स्याङ्जा, अर्घाखाँची र प्यूठान, सुर्खेत, कैलाली, कञ्चनपुर र डोटी छन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य हिजै सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...