समानुपातिकतर्फ एमालेकै अग्रता, हेर्नुहोस् कसको कति मत ?



हाम्रो इकोनोमि

प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिककमा पनि सबैभन्दा बढी मत ल्याएको हो ।

निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार जम्मा खसेका १ करोड ५ लाख मतमध्ये हालसम्म नेकपा एमालेले २६ लाख १६ हजार २८६ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख २७ हजार ५९१ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख ३४ हजार ४७०, संघीय समाजवादी फोरमले ३ लाख ४९ हजार मत कटाएको छ ।

राजपाले २ लाख ९४ हजार, राप्रपाले १ लाख ७४ हजार, विवेकशील साझा पार्टीले १ लाख ७२ हजार, नयाँ शक्ति पार्टीले ६८ हजार मत ल्याएको छ ।

त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६३ हजार, नेपाल मजदुर किसान पार्टीले ४२ हजार मत कटाएको छ । अरु दलले २ लाख ७८ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...