विजय जुलुस निकाल्ने क्रममा बारामा दुई पक्षबीच झडप



हाम्रो इकोनोमि

विजय जुलुस निकाल्ने क्रममा जिल्लाको पचरौता नगरपालिकामा दुई पक्षबीच झडप भएको छ ।

संघीय समाजवादी फोरम र नेपाली कांग्रेस कार्यकर्ताबीच बुधबार दिउँसो झडप हुँदा त्यहाँको स्थिति तनावग्रस्त बनेको हो । प्रहरीका अनुसार बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा निर्वाचित फोरमका महासचिव रामसहायप्रसाद यादवलगायतको विजयी जुलुसमा सहभागीहरु प्रदेशसभातर्फका कांग्रेस उम्मेदवार मणिभूषणकुमार यादवको घर नजिक पचरौतामा पुग्दा झडप भएको हो । मणिभूषण संघीय फोरमका प्रदेशसभा सदस्यमा निर्वाचित बच्चा राउत अहिरका निकटतम प्रतिस्पर्धी हुन् ।

झडपले अशान्त बनेको पचरौतामा प्रहरीले दर्जनौं हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । झडपमा केही प्रहरी र स्थानीय घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...