विजय जुलुस निकाल्ने क्रममा बारामा दुई पक्षबीच झडप



हाम्रो इकोनोमि

विजय जुलुस निकाल्ने क्रममा जिल्लाको पचरौता नगरपालिकामा दुई पक्षबीच झडप भएको छ ।

संघीय समाजवादी फोरम र नेपाली कांग्रेस कार्यकर्ताबीच बुधबार दिउँसो झडप हुँदा त्यहाँको स्थिति तनावग्रस्त बनेको हो । प्रहरीका अनुसार बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा निर्वाचित फोरमका महासचिव रामसहायप्रसाद यादवलगायतको विजयी जुलुसमा सहभागीहरु प्रदेशसभातर्फका कांग्रेस उम्मेदवार मणिभूषणकुमार यादवको घर नजिक पचरौतामा पुग्दा झडप भएको हो । मणिभूषण संघीय फोरमका प्रदेशसभा सदस्यमा निर्वाचित बच्चा राउत अहिरका निकटतम प्रतिस्पर्धी हुन् ।

झडपले अशान्त बनेको पचरौतामा प्रहरीले दर्जनौं हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । झडपमा केही प्रहरी र स्थानीय घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...