प्रतिनिधिसभाको समानुपातिकतर्फको ६० प्रतिशत गणना सकिदा एमाले कांग्रेस हाराहारीमा,माओबादी केन्द्र कमजोर



हाम्रो इकोनोमि

प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ६० प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६१ लाख २१ हजार ३८ मत गणना भइसकेको छ ।
समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ । एमाले कांग्रेसभन्दा ८५ हजार मतले अघि छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कांग्रेसभन्दा १३ सिट धेरै जितेको माओवादी केन्द्रसमानुपातिकमा भने एमाले र कांग्रेसको तुलनामा निकै कमजोर देखिएको छ । एमालेले १ लाख २९ हजार ५ सय ४४ मत ल्याउदा कांग्रेसले उसकै हाराहारी २० लाख ४५ हजार ५ सय २३ मत ल्याएको छ । माओवादी केन्द्रले उनीहरुको अधा पनि ल्याउन सकेको छैन । उसको ८ लाख ३० हजार १ सय ८९ मत छ ।
संघीय समाजवादी फोरमले २ लाख ७० हजार ८ सय १९ मत ल्याएको छ भने राजपाले २ लाख १२ हजार १ सय ८५ मत ल्याउदै ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् ।
कसको कति मत ?
एमाले– २१ लाख २९ हजार ५ सय ४४
कांग्रेस– २० लाख ४५ हजार ५ सय ३४
माओवादी केन्द्र– ८ लाख ३० हजार १ सय ८९
संघीय फोरम– २ लाख ७० हजार ८ सय १९
राजपा– २ लाख १२ हजार १ सय ८५
राप्रपा– १ लाख ४३ हजार ९३
विवेकशिल– १ लाख ३७ हजार ६ सय २८
नयाँ शक्ति– ५९ हजार ८७
राप्रपा(प्रजातान्त्रिक)– ४७ हजार ५ सय ८४
राष्ट्रिय जनमोर्चा–३६ हजार ५७

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...