८० प्रतिशत हकप्रद पछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन



हाम्रो इकोनोमि

सांग्रीला डेभलपमेन्ट बैंकको सेयरमूल्य बुधबार समायोजन भएको छ । बैंकले जारी गर्न लागेको ८० प्रतिशत हकप्रदलाई समायोजन गरि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले हकप्रदपछि सांग्रीलाको समायोजित सेयरमूल्य प्रतिकित्ता २३० रुपैयाँ कायम गरेको हो । यसअनुसार बुधबार बैंकको पहिलो कारोाबार २३० रुपैयाँलाई आधार मानेर खुला भएको छ । बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य प्रतिकित्ता २९८ रुपैयाँ रहेको छ ।

सांग्रिलाले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद जारी गर्न बुधबार बुकक्लोज गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २३ गते एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री गर्न अनुमति पाइसकेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । हकप्रदमा मंसिर २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...