समानुपातिकमा कांग्रेसभन्दा एमाले ८४ हजार मतले अगाडि



हाम्रो इकोनोमि

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७७ सिट ल्याउँदै अग्रस्थानमा रहेको नेकपा एमालेले समानुपातिकतर्फ मध्याह्न १२ बजेसम्मको मतगणनामा नेपाली कांग्रेसभन्दा ८४ हजार २ सय ८४ मत बढी मत पाएको छ।

एमालेले ११ लाख ८० हजार ७ मत पाउँदा कांग्रेसले १० लाख ९५ हजार ७ सय २३ मत पाएको छ। तेस्रो नम्बरमा माओवादी केन्द्र छ। माओवादीले ४ लाख ७१ हजार ४ सय १५ मत ल्याएको छ। माओवादीपछि संघीय समाजवादी फोरमले ८५ हजार २ सय ९८ मत पाएको छ।

संघीय समाजवादीपछि प्रत्यक्षतर्फ कुनै पनि क्षेत्रमा जित्न नसकेको विवेकशील साझा पार्टी छ। विवेकशील साझाले ७० हजार ३ सय १३ मत पाएको छ। यसपछि राप्रपाले ६१ हजार ९ सय ८७ मत पाएको छ। यस्तै, राजपाको ५३ हजार ८ सय १९ मत छ भने सातौं नम्बरमा रहेको नयाँ शक्तिले ३६ हजार २ सय ४५ मत पाएको छ।

यसपछि आठौं नम्बरमा राष्ट्रिय जनमोर्चा छ, उसले २६ हजार ७ सय १९ मत पाएको छ। राप्रपा प्रजातान्त्रिकले २४ हजार ३ सय २४ मत पाएको छ। उसले प्रत्यक्षतर्फ कुनै पनि सिट जितेको छैन।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...