समानुपातिकमा कांग्रेसभन्दा एमाले ८४ हजार मतले अगाडि



हाम्रो इकोनोमि

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७७ सिट ल्याउँदै अग्रस्थानमा रहेको नेकपा एमालेले समानुपातिकतर्फ मध्याह्न १२ बजेसम्मको मतगणनामा नेपाली कांग्रेसभन्दा ८४ हजार २ सय ८४ मत बढी मत पाएको छ।

एमालेले ११ लाख ८० हजार ७ मत पाउँदा कांग्रेसले १० लाख ९५ हजार ७ सय २३ मत पाएको छ। तेस्रो नम्बरमा माओवादी केन्द्र छ। माओवादीले ४ लाख ७१ हजार ४ सय १५ मत ल्याएको छ। माओवादीपछि संघीय समाजवादी फोरमले ८५ हजार २ सय ९८ मत पाएको छ।

संघीय समाजवादीपछि प्रत्यक्षतर्फ कुनै पनि क्षेत्रमा जित्न नसकेको विवेकशील साझा पार्टी छ। विवेकशील साझाले ७० हजार ३ सय १३ मत पाएको छ। यसपछि राप्रपाले ६१ हजार ९ सय ८७ मत पाएको छ। यस्तै, राजपाको ५३ हजार ८ सय १९ मत छ भने सातौं नम्बरमा रहेको नयाँ शक्तिले ३६ हजार २ सय ४५ मत पाएको छ।

यसपछि आठौं नम्बरमा राष्ट्रिय जनमोर्चा छ, उसले २६ हजार ७ सय १९ मत पाएको छ। राप्रपा प्रजातान्त्रिकले २४ हजार ३ सय २४ मत पाएको छ। उसले प्रत्यक्षतर्फ कुनै पनि सिट जितेको छैन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...