समानुपातिकतर्फ कुन दलले कति मत प्राप्त गरे? यस्तो छ पछिल्लो अपडेट



हाम्रो इकोनोमि

प्रत्यक्षतर्फको मत गणना अन्तिमतर्फ पुग्दा समानुपातिकतर्फको मत गणना तीव्र रुपमा अगाडि बढिरहेको छ। अहिलेसम्म गनेको मतमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा अग्रता कायम गरिरहेको छ भने कांग्रेसले उसलाई झिनो मतको अन्तरले पछ्याइरहेको छ।
अहिले केही बेर अघी सम्मको मतपरिणामअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। त्यस्तै संघीय समाजवादी फोरम चौथो, विवेकशील पाँचौ र राप्रपा छौटौँ स्थानमा रहेका छन्।

पछिल्लो मतपरिणामअनुसार एमाले ११ लाख ६६ हजार ९०३ मत प्राप्त गर्दै पहिलो पार्टी बनेको छ भने कांग्रेस १० लाख ८४ हजार ८४६ मतका साथ एमालेलाई पछ्याइरहेको छ। त्यस्तै माओवादी केन्द्र ४ लाख ६९ हजार २३९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ। प्रत्यक्षमा कांग्रेसभन्दा अगाडि रहेको माओवादी केन्द्र समानुपतिकमा भने धेरै पछाडि रहेको छ।

समानुपातिकतर्फ संघीय फोरमले ८४ हजार ९८३, विवेकशील साझाले ६९ हजार ५४९, राप्रपा ६१ हजार ४४०, राजपाले ५५ हजार ६७७, नयाँ शक्तिले ३३ हजार ६९८, राष्ट्रिय जनमोर्चाले २६ हजार १२६, राप्रपा प्रजातान्त्रिक २३ हजार २३३ र अन्यले ८२ हजार ३३८ मत प्राप्त गरेका छन्। प्रत्यक्षमा एक सिट पनि नजितेका विवेकशील साझा र राप्रपाले नयाँ शक्ति, राजमो, राजपालाई पछाडि पारेका छन्।

समानुपातिकबाट प्रतिनिधिसभामा ११० सांसद् निर्वाचित हुने व्यवस्था रहेको छ भने प्रत्यक्षमा निर्वाचित भएर तीन प्रतिशत मत प्राप्त गरेको दलले मात्र समानुपातिक सांसद पठाउन पाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...