५ स्थानको मात्रै परिणाम आउन बाँकी को-कहाँ अगाडि ?



हाम्रो इकोनोमि

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

घोषित क्षेत्रको मतपरिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७७ स्थानमा जित हासिल गरेको छ ।त्यसैगरी, वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३७ स्थानमा जित दर्ता गरेको छ । नेपाली कांग्रेसले २१ स्थानमा जित हासिल गर्दा राष्ट्रिय जनता पार्टी राजपा नेपालले १० र संघीय समाजवादी फोरम नेपालले ९ स्थानमा जितेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक–एक स्थानमा विजयी हुँदा एकजना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अब परिणाम आउन ६ स्थानको मात्र बांकी रहेका छन् । जसमा स्याङ्जा –१ र २, कैलाली १, सुनसरी ३, र सर्लाही ४ रहेका छन् । जसमध्ये ४ स्थानमा वाम गठबन्धनको अग्रता रहेको छ भने १ स्थानमा राजपा पहिलो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...