छुट्टाछुट्टै आगलागीबाट रु बीस लाखको क्षति



हाम्रो इकोनोमि

सप्तरीको छुट्टाछुट्टै ठाउँमा सोमबार आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

महदेवा गाउँपालिकामा आगलागी हुँदा स्थानीय दिनेश यादव र रघु यादवको एक–एक वटा घर जलेको र आगलागीबाट नगद तथा जिन्सी गरी रु तीन लाख मूल्य बराबरको धनमाल क्षति भएको हनुमाननगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीमा आगलागी हुँदा कपिलदेव राम र इनरदेव रामको घर जलेको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको पीडितले जनाएका छन् ।

त्यस्तै सप्तरी जिल्लाको रुपनी गाउँपालिका–५ स्थित बसबिट्टीमा आगलागी हुँदा रु १४ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय लक्ष्मण यादवको घर छेउमा फालेको खरानीको झिल्कोबाट सल्केको आगोले निजका दुई वटा घर र लत्ताकपडा, भाँडावर्तन, नगद रु दुई लाख, सुनचाँदीका गरगहना गरी करिब रु १४ लाख बराबरको क्षति भएको रुपनी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...