हार्ने निश्चित भए पछी गच्छेदारले यसरी चुनाब जित्न सेटिंग मिलाए,भगवतीको उजुरी पछी गणना स्थगित



हाम्रो इकोनोमि

उपप्रधानमन्त्री विजयकुमार गच्छदारको पक्षमा ९ वटा मतपत्र क्रम संख्यासहितको अर्धकट्टी भेटिएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना कार्य स्थगित भएको छ ।

बाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीले सोमबार गणना भइरहँदा उक्त मतपत्र भेटिएपछि तत्काल मतगणना कार्य रोक्न आग्रह गरेकी थिइन्। सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै चौधरीले भनिन्, ‘अर्धकट्टीसहितको मतपत्र फेलापरेपछि त्यसको सिरियल नम्बर हेर्न माग गरेको छु । तर, त्यो मलाई हेर्न दिइएको छैन।’

“हाम्रो आधार क्षेत्र पकड एरिया हुँदाहुँदै उसको लिड हुनु भनेको त पुन निर्वाचनको माग गरिन्छ नि,’ मलिन स्वरमा चौधरीले आफ्नो माग अघि सारिन्।

अर्कोतर्फ क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले भने गणना कार्य नरोकिने बताएका छन्। उनले अर्धकट्टीसहितको मतपत्र गोपनीयताका कारण सार्वजनिक गर्न नमिल्ने उल्लेख गर्दै ती मतपत्र गणकहरुले निर्वाचन कार्यालय पठाउने बताए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...