सप्तरी ४ ‘क’मा एमाले विजयी



हाम्रो इकोनोमि

प्रदेश सभातर्फ सप्तरी क्षेत्र नं ४ ९‘क’मा वाम गठबन्धनका गोविन्दबहादुर न्यौपानेले १५ हजार ११३ मत ल्याएर विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन कार्यालयले आज सार्वजनिक गरेको मतपरिणमअनुसार उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सीताराम साहले ११ हजार ३९५ मत प्राप्त गर्नुभयो । प्रदेश सभामा विजयी हुनुभएका न्यौपाने नेकपा एमाले सप्तरी जिल्ला अध्यक्ष हुनुहुन्छ ।

सप्तरी १ मा पूर्व सांसदलाई पराजित गर्दै डा यादव विजयी

प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं १ मा संघीय समाजवादी फोरम नेपालका डा सूर्यनारायण यादव विजयी हुनुभएको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार उहाँले २१ हजार ७१२ मत प्राप्त गरी विजयी हुनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्व सांसद रहनुभएका बाम गठबन्धनका अशोक मण्डलले १८ हजार २२५ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...