क्यासिनो छिरेर जुवा खेल्ने तेइस पक्राउ



हाम्रो इकोनोमि

गैरकानूनीरुपमा क्यासिनो प्रवेश गरी जुवा खेल्ने र खेलाउने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले क्यासिनो माजोङ छिरेर जुवा खेल्दै गरेका १२ जना र जुवा खेल्न क्यासिनो प्रवेश गराउने कर्मचारी तथा जुवा खेलाउने ११ जनालाई आज बिहान ३ बजे पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका २३ जनामध्ये चारजना विदेशी रहेकाले उनीहरुलाई छाडिएको र बाँकी १९ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

परिसरका प्रमुख रवीन्द्र धानुकले क्यासिनोले नेपालीलाई नक्कली कार्ड बनाए प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा जाँच गर्दा उनीहरू पक्राउ परेको जनाउनुभयो ।

पक्राउ परेकासँग प्रहरीले चार लाख ४३ हजार २४६ नेपाली रुपैयाँ, भारतीय रुपैयाँ १००, अरेवियन दिनार १००, अमेरिकन डलर १३०, एक हजार दरका सिक्का २७ थान, ५०० दरका सिक्का दुई थान, १०० दरका सिक्का छ थान र रु सात लाख नेपाली रुपैयाँको चेक एक थान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...