क्यासिनो छिरेर जुवा खेल्ने तेइस पक्राउ



हाम्रो इकोनोमि

गैरकानूनीरुपमा क्यासिनो प्रवेश गरी जुवा खेल्ने र खेलाउने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले क्यासिनो माजोङ छिरेर जुवा खेल्दै गरेका १२ जना र जुवा खेल्न क्यासिनो प्रवेश गराउने कर्मचारी तथा जुवा खेलाउने ११ जनालाई आज बिहान ३ बजे पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका २३ जनामध्ये चारजना विदेशी रहेकाले उनीहरुलाई छाडिएको र बाँकी १९ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

परिसरका प्रमुख रवीन्द्र धानुकले क्यासिनोले नेपालीलाई नक्कली कार्ड बनाए प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा जाँच गर्दा उनीहरू पक्राउ परेको जनाउनुभयो ।

पक्राउ परेकासँग प्रहरीले चार लाख ४३ हजार २४६ नेपाली रुपैयाँ, भारतीय रुपैयाँ १००, अरेवियन दिनार १००, अमेरिकन डलर १३०, एक हजार दरका सिक्का २७ थान, ५०० दरका सिक्का दुई थान, १०० दरका सिक्का छ थान र रु सात लाख नेपाली रुपैयाँको चेक एक थान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...