डेभलपमेन्ट बैंकको १८ हजार २ सय कित्ता सेयर मङ्सिर २४ गतेदेखि लिलामीमा बिक्रि



एक्सेल डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित साधारण शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ । बैंकले असोज १८ गतेदेखि २:१ को अनुपातमा १९ लाख २२ हजार ८ सय १२ दशमलव ५ कित्ता हकप्रद शेयर बिक्ति गरेको थियो ।

त्यस क्रममा १९ लाख ४ हजार ५ सय २६ कित्ता शेयर मात्र बिक्रि भएकोले बिक्रि नभएको १८ हजार २ सय ८६ दशमलव ५ कित्ता शेयर बैंकले लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको हो । इच्छुक बोलकबोलदाताले मङ्सिर २४ गतेदेखि पुस ९ गते सम्म आवेदन दिनु पर्नेछ । बोलकबोलदाताले न्युनतम मूल्य १०० भन्दा नघटाई आफुले खरिद गर्न चाहेको शेयर संख्याको लागि आवेदन दिनु पर्ने छ ।

बिक्रि प्रबन्धक एस क्यापिटलको कार्यालय लालदर्बार काठमाडौँ , नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाहरु बिरगंज, पोखरा, बुटवल , नेपालगंज, सुर्खेत र धनगढी तथा एक्सेल डेभलपमेन्ट बैंकको शाखाहरु बिर्तामोड र बिराटनगरमा आवेदन दिन सकिने छ ।

बैंकको १२ औ बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको ३०.१२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पारित गरेको छ। ५० प्रतिशत हकप्रद र बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ६९ करोड २६ लाख पुग्ने छ ।

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार  ०५ : ४४  बजे

प्रतिक्रिया दिनुहोस
सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

साउन महिनाको लागी बैंकहरूले घटाए ब्याजदर

    जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि

नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ