डेभलपमेन्ट बैंकको १८ हजार २ सय कित्ता सेयर मङ्सिर २४ गतेदेखि लिलामीमा बिक्रि



हाम्रो इकोनोमि

एक्सेल डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित साधारण शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ । बैंकले असोज १८ गतेदेखि २:१ को अनुपातमा १९ लाख २२ हजार ८ सय १२ दशमलव ५ कित्ता हकप्रद शेयर बिक्ति गरेको थियो ।

त्यस क्रममा १९ लाख ४ हजार ५ सय २६ कित्ता शेयर मात्र बिक्रि भएकोले बिक्रि नभएको १८ हजार २ सय ८६ दशमलव ५ कित्ता शेयर बैंकले लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको हो । इच्छुक बोलकबोलदाताले मङ्सिर २४ गतेदेखि पुस ९ गते सम्म आवेदन दिनु पर्नेछ । बोलकबोलदाताले न्युनतम मूल्य १०० भन्दा नघटाई आफुले खरिद गर्न चाहेको शेयर संख्याको लागि आवेदन दिनु पर्ने छ ।

बिक्रि प्रबन्धक एस क्यापिटलको कार्यालय लालदर्बार काठमाडौँ , नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाहरु बिरगंज, पोखरा, बुटवल , नेपालगंज, सुर्खेत र धनगढी तथा एक्सेल डेभलपमेन्ट बैंकको शाखाहरु बिर्तामोड र बिराटनगरमा आवेदन दिन सकिने छ ।

बैंकको १२ औ बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको ३०.१२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पारित गरेको छ। ५० प्रतिशत हकप्रद र बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ६९ करोड २६ लाख पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...