प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरामा मतपेटिका बोकेको गाडीमा बम विस्फोट



हाम्रो इकोनोमि

डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ। शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको परशुराम नगरपालिका १२ कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो।

विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। मतपेटिकामा भने क्षति पुग्न पाएन।

अहिलेसम्म १ सय १७ वटा मतदान केन्द्रमध्ये ७६ मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको छ भने ४१ वटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत डा रमेशप्रसाद रिजालले जानकारी दिए। सबै मतपेटिका जिल्ला नपुगेका कारण मतगणनामा ढिलाइ हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...