४०१७ मतले अगाडी रहेका योगेश भट्टराई भन्छन्- ‘जित पक्का छ, अन्तिम नतिजा आउन भोलिसम्म कुरौं’



हाम्रो इकोनोमि

एमाले सचिव योगश भट्टराईले आफ्नो जित पक्का भएको भन्दै अन्तिम नतिजा आउन समय लाग्ने बताएका छन्।

एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङको प्रतिनिधिसभाका उम्मेदवार भट्टराईले जारी मतगणनामा झन्डै ४ हजार मतको अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार उनको ११ हजार ३ सय ५८ मत छ। उनका प्रतिस्पर्धी केशव दाहाल ७ हजार ३ सय ४१ मतसहित पछ्याइरहेका छन्।

टेलिफोनमा कुरा गर्दै भट्टराईले अन्तिम मतपरिणाम प्राप्त हुन अझै केही समय लाग्ने बताए। ‘नतिजा हेर्दा मेरो जित निश्चित जस्तै देखिएको छ, हाम्रो अपेक्षा अनुसार नै भोट आएको छ,’ गृहजिल्लाबाट उनले फोनमा भने, ‘अन्तिम मतपरिणाम भोलि बिहानसम्ममा आऊला।’

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले आफूहरु उत्साहित भएको उनले बताए। ‘जुन किसिमको नतिजा आइरहेको छ, अस्वाभाविक छैन,’ उनले भने, ‘जनताको चाहना अनुसार बनेको वामपन्थी एकताले समेत मतपरिणाम अपेक्षाकृत नै देखिन्छ।’

नेतृत्वले सही निर्णय गरेको बताउँदै भट्टराईले स्थिर र बलियो सरकार बनाउने वाम गठबन्धनको एजेन्डालाई जनताले स्विकृति प्रदान गरेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...