निर्वाचन आयोगले भन्यो-६७ प्रतिशत मत खस्यो,कुन जिल्लामा धेरै प्रतिशत खस्यो?



हाम्रो इकोनोमि

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ ।

निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ । यो आँकडा अझै बढ्नसक्ने आयोगले जनाएको छ ।

निर्वाचन अयाोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ ।

अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्ध गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि मतदान रद्ध गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । उनका अनुसार त्यस स्थलको मतदान केहिदिनभित्रै हुनेछ ।

मतदान सम्पन्न भएका ४५ जिल्लाका सबै मतपेटिका जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...