जनार्दन शर्माको जिल्लामा छ बजे बाट मतगणना हुदै,यी जिल्लामा धमाधम हुदैछ गणना



हाम्रो इकोनोमि

पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा बिहिवार साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् ।

अहिले मुस्ताङ, गोर्खा, ताप्लेजुङ, मनाङ, रुकुम, बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेका अनुसार कूल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङ्गमा ६ हजार ७१४ मत खसेको थियो ।

त्यसैगरी, कूल पाँच हजार ८८१ मतदाता रहेको मनाङ्गमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए । बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो । करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ । उता निवर्तमान गृहमन्त्री एवं विना विभागीय मन्त्री जनार्दन शर्माको क्षेत्रमा ५ बजेदेखि सुरु गर्ने भनिएको मत गणना अझै सुरु हुन सकेको छैन ।

प्रदेश नं ६ मा पर्ने पश्चिमी रुकुममा तयारी गर्दागर्दै केही ढिलाई भएको कारणले तोकिएको समयमा नै मतगणना सुरु हुन नसकेको मुख्य निर्वाचन अधिकारी काजीबहादुर राईले जानकारी दिए ।

उनका अनुसार अब मुचुल्का खोलेर मतगणनाको अन्य प्रक्रिया सुरु गर्ने तयारी भईरहेको छ । उनको भनाई अनुसार साँझ छ बजेतिरबाट मतगणना सुरु गर्ने तयारी भईरहेको छ ।

त्यस्तै, हुम्लामा पनि हुम्लामा पनि मतगणना सुरु भईसकेको छ । हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकारी मोदिनी पौडेलका अनुसार साँझ ५ बजेदेखि नै मतगणना सुरु भईसको छ । बैतडी र बाजुरामा मतगणना शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...