जनार्दन शर्माको जिल्लामा छ बजे बाट मतगणना हुदै,यी जिल्लामा धमाधम हुदैछ गणना



हाम्रो इकोनोमि

पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा बिहिवार साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् ।

अहिले मुस्ताङ, गोर्खा, ताप्लेजुङ, मनाङ, रुकुम, बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेका अनुसार कूल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङ्गमा ६ हजार ७१४ मत खसेको थियो ।

त्यसैगरी, कूल पाँच हजार ८८१ मतदाता रहेको मनाङ्गमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए । बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो । करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ । उता निवर्तमान गृहमन्त्री एवं विना विभागीय मन्त्री जनार्दन शर्माको क्षेत्रमा ५ बजेदेखि सुरु गर्ने भनिएको मत गणना अझै सुरु हुन सकेको छैन ।

प्रदेश नं ६ मा पर्ने पश्चिमी रुकुममा तयारी गर्दागर्दै केही ढिलाई भएको कारणले तोकिएको समयमा नै मतगणना सुरु हुन नसकेको मुख्य निर्वाचन अधिकारी काजीबहादुर राईले जानकारी दिए ।

उनका अनुसार अब मुचुल्का खोलेर मतगणनाको अन्य प्रक्रिया सुरु गर्ने तयारी भईरहेको छ । उनको भनाई अनुसार साँझ छ बजेतिरबाट मतगणना सुरु गर्ने तयारी भईरहेको छ ।

त्यस्तै, हुम्लामा पनि हुम्लामा पनि मतगणना सुरु भईसकेको छ । हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकारी मोदिनी पौडेलका अनुसार साँझ ५ बजेदेखि नै मतगणना सुरु भईसको छ । बैतडी र बाजुरामा मतगणना शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...