काठमाडौंको मतगणना भोलि मात्र,बिहान सर्वदलीय बैठक त्यस पछी यसरी हुदैछ गणना



हाम्रो इकोनोमि

काठमाडौंको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना भोलि मात्र हुने भएको छ।
मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु गर्ने तयारी गरिएको छ। जिल्ला समन्वय समितिको हलमा भोलि बिहान ६ बजे सर्वपक्षीय बैठक बसेर लगत्तै गतगणना सुरु गरिने क्षेत्र नम्बर ९ का निर्वाचन अधिकृत विदुर काफ्लेले बताए।

निर्वाचनमा खटिने कर्मचारीको थकान, मतपेटिका बुझ्न समय लाग्ने तथा दक्षिणकाली, दहचोक, चन्द्रागिरि लगायत स्थानबाट मतपेटिका ल्याउने समय लाग्ने भएकाले राजनीतिक दल र निर्वाचन अधिकारीबीच शुक्रबार बिहान मतगणना गर्ने सहमति भएको थियो।

काठमाडौंको कुन क्षेत्रको मतगणना कहाँ?

काठमाडौं क्षेत्र नम्बर १, २, ३ र ४ – राष्ट्रिय सभागृह, भृकुटीमण्डप
क्षेत्र नम्बर ५ र ७ – सहकारी विकास विभागको तालिम केन्द्र, बानेश्वर
क्षेत्र नम्बर ६ – जिल्ला समन्वय समितिको हल, बबरमहल
क्षेत्र नम्बर ९ र १० – अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...