हेर्नुहोस काठमाडौंको मतगणना कहाँ कहाँ हुँदैछ ? अन्तिम नतिजा कहिले सम्ममा आउछ ?



हाम्रो इकोनोमि

प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन जारी छ । बिहीबार साँझ ५ बजेसम्म मतदानको समय सकिएपछि सबै मतदान केन्द्रबाट मतपेटिका ल्याएपछि मतगणना सुरु हुने भएको छ ।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मत गणना पनि मत पेटिका ल्याईसकेपछि सर्वदलीय बैठक बसेर सुरु गर्ने मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ । काठमाडौंका १० क्षेत्रको निर्वाचन मतगणना ५ स्थाबाट गरिने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौंका निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा प्रदर्शनी मार्गमा हुने भएको छ । त्यस्तै, काठमाडौं निर्वाचन क्षेत्र नं ५ र ७ को मतगणना सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा गरिने भएको छ ।

उता, जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा काठमाडौं निर्वाचन क्षेत्र नं ६ मतगणना हुने भएको छ । क्षेत्र नं ८ को मत गणना भनेको वन परिसर बबरमहलमा र काठमाडौं क्षेत्र नं ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...