गगन थापालाई गोला बारुद हान्ने गोले सहित ६ जना पक्राउ, पेस्तोल र बम यसरी बरामद गर्यो प्रहरीले



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम हान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन्।
नेकपाका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई प्रहरीको बिशेष ब्युरोले बिहीबार पक्राउ गरेको हो। उनीहरुको साथबाट चिनियाँ पेस्तोल र चार वटा बम बरामद भएको छ।

‘गगन थापामाथि आक्रमण गोलेकै समूहले गरेको हो,’ बिशेष ब्युरोका एआइजी हेमन्त पालले भने,‘राजधानीमा भएका सबै विस्फोटहरु उनकै नेतृत्वमा भएका थिए।’

गत सोमबार थापालाई लक्षित गरी काठमाडौंको चपलीमा विस्फोट गराइएको थियो। काठमाडौं क्षेत्र नम्बर ४ का उम्म्दवार थापा चुनावी अभियानमा रहेकै बेला विस्फोट भएको थियो। सो क्रममा उनीसहित ११ जना घाइते भएका थिए।

प्रहरीले नेकपाका कार्यकर्ताहरुको तीन वटा डेरामा छापा हानी बम बनाउन प्रयोग हुने सामान र विभिन्न दस्तावेजसमेत बरामद गरेको छ।
राजधानीमा भएका अन्य विस्फोटका घटनामा पनि उनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ। गोलेकै समूहले राजधानीमा चुनावविरोधी गतिविधि गरेका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...