४५ जिल्लाका ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा १ बजेसम्ममा ४० प्रतिशत मतदान



हाम्रो इकोनोमि

४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा १ बजेसम्म ४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको पनि आयोगले बताएको हो।

आयोगका प्रवक्ता नवराज ढकालले सातवटै प्रदेशमा १ बजेसम्म ४० प्रतिशत मत खसेको बताए। अहिलेसम्म मतदान शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको ढकालले नेपालखबरलार्इ जानकारी दिए।

७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ।

दोस्रो चरण अन्तर्गत आज भइरहेको निर्वाचनमा १ करोड २२ लाख ३५हजार ९ सय ९३ मतदाताले मतदान गर्दैछन्। निर्वाचन सम्पन्न गर्नका लागि आयोगले १ लाख ५५ हजार कर्मचार मतदान केन्द्रमा खटाएको छ।
आज भइरहेको प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी भिडन्तमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...