भोट हाले पछी देउवाले ओलीलाई धारेहात लगाउदै भने-‘देउवा बेकामे छ भन्दै ओली त अझैपनि चुनाव सार्छन् भनिरहनु भएको होला’



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान पछि एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग प्रहार गरेका छन्। ओलीजी अझै चुनाव सर्छ भनिरहनु भएको होला भन्दै देउवाले व्यङ्ग प्रहार गरेका हुन्।

मैले भर्खर भोट हालें, एमाले अध्यक्ष ओलीले पनि भोट हाल्नु भयो होला’ डडेलधुरामा मतदान गरेपछि देउवाले भने, भोट हालेपछि पनि ओलीजी देउवाले चुनाव सार्दैछन् भनिरहनु भएको होला।’

निर्वाचन सफलतापूर्वक भएको भन्दै निर्वाचनपछि पनि कांग्रेसकै सरकार बन्ने दावी गरे। ‘कांग्रेसकै बहुमत आउँछ र म नै प्रधानमन्त्री बन्छु’ देउवाले भने, ‘कांग्रेसको बहुमत आउनेमा कुनै शंका छैन।’

देउवाले गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदा गरेका हुन्। मतदानका लागि देउवा सदरमुकामबाट हेलिकोप्टरमा आफ्नो गाउँ पुगेका थिए।
जिल्ला सदरमुकामबाट २१ किमी टाढा रहेको सो विद्यालयमा प्राथमिक तहसम्म अध्ययन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...