ढुक्क भएर निर्वाचनमा सहभागी हुन रक्षामन्त्रीको आग्रह



हाम्रो इकोनोमि

रक्षामन्त्री भीमसेनदास प्रधानले सरकारले मतदाताको सुरक्षा लिने भएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराइकन निर्वाचनमा भाग लिन आग्रह गर्नुभयो । “पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छन्”, उहाँले भन्नुभयो ।

रक्षामन्त्री प्रधानले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ६४ हजार नेपाली सेना परिचालन गरिएको जानकारी दिँदै सेनालाई गोली चलाउने अधिकारसमेत प्रदान गरिएकाले उच्छुंखखल कार्यमा सहभागी नहुन सबैलाई आग्रह गर्नुभयो ।

साक्षात्कारमा नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले निर्वाचनलाई स्वच्छ, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थापनमा कडाइ गर्न सरकारसँग आग्रह गर्नुभयो ।

नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले विकासप्रेमी नेतालाई मतदान गर्न अनुरोध गर्नुभयो । नेपाल सरकारका पूर्वसचिव दिवाकर पन्तले संविधान कार्यान्वयनका लागि यो निर्वाचन महत्वपूर्ण निर्वाचन भएकाले उत्साहपूर्ण रुपमा आफ्नो मताधिकार प्रदान गर्न सबैसँग अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...